भ्रमण वर्षको प्रचारका लागि कार र्‍याली हुने

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने उद्दश्यले कार र्‍याली हुने भएको छ । स्कल इन्टरनेशनलले राजधानीमा पत्रकार सम्मेलन गर्दै कार र्‍याली हुने जानकारी दिएको हो ।

यूरोपको स्पेनमा मुख्यालय रहेको स्कल इन्टरनेशनलले नेपालमा रहेको स्कल इन्टरनेशनल नेपाल शाखासँग मिलेर कार र्‍याली गर्न लागेको बताइएको छ । ‘डेस्टिनेसन अफ द यर २०२०’ नाम दिएर कार र्‍यालीगरिने आयोजकले बताएको हो ।

कार र्‍याली काठमाडौंबाट चितवन र चितवनबाट पोखरासम्मको हुनेछ । ६ डिसेम्बरमा शुरु भएको र्‍याली चितवन हुँदै ८ डिसेम्बरमा पोखरा पुगेर सम्पन्न हुनेछ ।

र्‍यालीमा पर्यटन व्यवसायी, होटल व्यवसायी साथै स्कल इन्टरनेशनलका विदेशी प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ । र्‍यालीको दौरान स्कल इन्टरनेशनलका प्रतिनिधिहरुले स्थानीय पर्यटन व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…