ग्लोबल आइएमई बैंक र रुपाकोट रिसोर्टबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच रिसार्टले बैंकका ग्राहक तथा कर्मचारीलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ् सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १ सय ५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ५१ एटिएम, १ सय ९५ शाखारहित बैंकिङ् सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…