साग गल्फ मंगलबारदेखि

काठमाडाैं  । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेल मंगलबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शुरु हुँदैछ । पार ७२ को कोर्समा बिहान १० बजे शुरू हुने प्रतियोगितामा सहभागी खेलाडीले सोमबार अभ्यास खेल खेलेका छन् ।

सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ । भुटानले पुरुष टिम स्पर्धामा भाग लिएको छैन । भुटानबाट निम दोर्जी तामाङ एक्लै ब्यक्तिगत स्पर्धामा सहभागी छन् । पाकिस्तानले अन्तिममा आएर गल्फ नखेल्ने निर्णय गरेको थियो ।

पुरुष टिम स्पर्धामा पनि सहभागी देशको कम्तीमा कांस्य पदक पक्का भएको छ । गल्फको पुरुष स्पर्धामा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको नेपाली टोलीका ब्यवस्थापक सिवी भण्डारीले बताए । नेपालका खेलाडीले दैनिक औसत तीन अन्डर पार खेलिरहेका छन् । पुरुषमा नेपालले ब्यक्तिगत र टिम स्पर्धा दुवैमा स्वर्ण जित्ने देखिन्छ, भण्डारीले भने ।

नेपालका महिला गल्फ खेलाडीको तयारी पछि मात्र सुरु गरिएकोले केही भन्न नसकिने भण्डारीले बताए । गल्फमा पुरुषतर्फ नेपालबाट टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुवास तामाङ र निरज तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा कस्मिरा शाह, रबिना श्रेष्ठ र शुस्मा कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो । गल्फ खेल ‘स्टोक प्ले’ विधामा ७२ होलको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…