गोपाल पाठक/विनोद लामिछाने/अनिष्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
आजका एक सय समाचार यसप्रकार छन् :
१.१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो दिनमा नेपालद्धारा १५ स्वर्ण पदक हासिल ।२.नेपालमा साग हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएको भन्दै सागको उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्या भण्डारीलाई प्रधानमन्त्री ओलीद्धारा धन्यवाद ज्ञापन ।३.१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका नेपाली खेलाडीहरुलाई खेलबाट देशको इज्जत राख्न प्रधानमन्त्रीको अनुरोध ।४.उपचारमा थप १० दिन लाग्ने र स्वास्थ्य सुधार भइरहेको प्रधानमन्त्रीबाट जारी सन्देशमा उल्लेख ।५. मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री के पी शर्मा ओलीद्धारा खेलाडिलाइ भिडियो सन्देश ।६.नेपालले कराँतेमा ७, तेक्वान्दोमा ६ र ट्रायथलनमा १ गरी जितेको हो १४ स्वर्ण ।७.कराँतेमा अनुसँगै कुसुम खड्काले दिलाए २–२ स्वर्ण पदक, तेक्वान्दो तर्फ नेपालले अहिलेसम्म ६ स्वर्ण हात पार्यो ।८.३७ जिल्लामा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोे बर्चश्व ।९.एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा नेकपाको जित ।१०.एक प्रदेशसभा सदस्य र धरान उपमहानगरको मेयर सहित १३ स्थानमा नेपाली कांग्रेसको जित ।धरान उपमहानगरपालिको प्रमुखका लागि भएको उपनिर्बाचनमा कांग्रेसको ऐतिहासिक जित ।११.धरान उपमहानगरपालिको प्रमुखमा कांग्रेसका उम्मेदवार तिलक राई २६ हजार ७ सय ९ मत सहित बिजयी ।१२.संघीयता कार्यान्वयनसँगै जनसरोकारका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय जरुरी रहेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको भनाइ ।१३.संविधानीक व्यवस्था अनुसार सरकार विकास निर्माणको काममा लागेको पोखरेलको दाबी, विकासका मुद्दामा सबै दल एक ढिक्का हुनु पर्नेमा जोड ।१४.९ करोड ८६ लाख ६१ हजार रुपैयाँ लागतमा बुढानिलकण्ठ नगरपालिकाको प्रशासकीय भवनको पोखरेलद्धारा उदघाटन ।१५.सप्तरीको राजविराज नगरपालिकामा परिन एक बालिका अपहरणमा ।१६.राजविराज नगरपालिकामा वडा नम्वर ७ का देवेन्द्र साहकी १४ वर्षीया छोरी गौरी साह अपहरणमा परेको विषय बाहिरियो ।१७.राजविराजकै ३÷४ जना युवाहरुले मंसिर १४ गते शनिवार साँझ नै अपहरण गरेको विषयमा जाहेरी गर्न जाँदा प्रहरीले जाहेरी दर्ता नगरेको आफन्तको गुनासो ।१८.प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै आफन्तले सोमबार राजविराजमा गरे प्रदर्शन ।१९.पीडित परिवार सोमबार मात्रै जाहेरी दिन आएकोले जाहेरी लिइ अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ ।२०. बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराज अर्थात कृष्ण गिरीलाई सुनसरी जिल्ला अदालतद्धारा चार दिनको म्याद थप ।२१.गिरीलाई अस्पतालमै राखेर उपचार गर्ने गरि म्याद थप गरेको अदालतद्धारा जानकारी ।२२.गिरीलाई सोमबार विहान ४ बजे सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको नेतृत्वले अस्पतालको आसियुबाटै गरेको थियो पक्राउ ।२३.गिरीमाथि गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले दिएकी छन प्रहरीमा उजुरी ।२४.जनकपुरमा रामकलेवा अर्थात् जन्ती बिदाई गरिएसंगै विवाह पञ्चमी महोत्सव सम्पन्न ।२५.अयोध्याबाट आएका जन्तीलाई राम जानकी विवाह पश्चात बिदाई गर्ने परम्परा अनुरुप जनकपुरमा रामकलेवा मनाइँयो ।२६.बिबाह पञ्चमीका लागी अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गरियो ।२७.कुखुरा पालक किसानहरुले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको गुनासो ।२८.आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा किसानहरुले बजारमा मूल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।२९.सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको मूल्य बढेको र तयारी कुखुराको मूल्य पनि घटेको किसानको गुनासो ।३० नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार ब्यवस्थापन संघद्धारा तयारी कुखुराको मूल्य निर्धारण वैज्ञानिक विधिबाट हुनुपर्ने माग ।३१.बानेश्वरमा रहेको रत्न राज्य विद्यालय र वाणेश्वर महादेवबीच जग्गा विवाद हुँदा विद्यालय भवन निर्माण नै रोकियो।३२.ऐतिहासिक महत्व बोकेको वाणेश्वर मन्दिरको जग्गा विद्यालयले आफू खुसी मिचेको भन्दै स्थानीयले नै गरे निर्माण रोक्का ।३३.अमेरिकी विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको पूर्वी भाग पट्टिको दुई कोठाको ४ तल्ले भवन निर्माण क्रममा विवाद ।३४.बालबालिकाहरुलाई टाढा पढ्न जानु प¥यो भन्ने समस्यालाई सम्बोधन गर्न मन्दिर परिसरमा समुदायको सहमतिमा खोलिएको थियो विद्यालय ।३५.सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा मंसिर २० गते वित्तीय सम्मेलन आयोजना गरिने ।३६.वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिबद्धता मुल नारासहित धनगढीमा एकदिने सम्मेलनको आयोजना गरिने ।३७.प्रदेश ५ सरकारले गर्यो ४ महिनामा जम्मा ७ प्रतिशत बजेट खर्च ।३८.३३ अर्ब १७ करोड ७८ लाख ८१ हजार मध्ये २ अर्ब ३३ करोड ८४ लाख ११ हजार रुपयाँ अर्थात ७ प्रतिसत बजेट मात्रै खर्च गर्न प्रदेश ५ सफल ।३९.भएको हो । मन्त्रालयगत रुपमा सबै भन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा४०.भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भने कूल वजेट ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार मध्ये १४ करोड ४२ लाख १० हजार अर्थात जम्मा ४ प्रतिसत बजेट खर्च ।४१.मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले ११ प्रतिशत, मुख्य न्यायधिवक्ताको कार्यालयले ३५ प्रतिशत र प्रदेशको प्रदेशसभा सचिवालयले १४ प्रतिशत वजेट खर्च गर्न सफल ।४२.१० महिनामै बजेट खर्च गर्ने गरी काम भइरहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको दावी ।४३.लमजुङको सुन्दरवजार–८, भोटेओडारदेखि पूर्वतर्फ जोड्ने भारते–बेलघारी मोटरेवल पूल दोश्रो पटक पुनः निर्माण हुने ।४४.६ वर्षअघि निर्माण सम्पन्न भएको पुल निर्माणको क्रममा प्राविधिक त्रुटि देखिएपछि भत्काएर पुनः निर्माण गरिने ।४५.पुल निर्माणको क्रममा प्रयोग गरिएका सामाग्री साटफेर गरी जडान भएकोले पुलको जोखिम हुने भन्दै पुनः भत्काएर निर्माण गर्नुपरेको प्राविधिकको भनाई ।४६.पुल निर्माणको क्रममा मजदुरहरुबाट सामान्य गल्ती भएकोले अहिले ठूलो नोक्सानी हुन पुगेको निर्माण पक्षको स्वीकारोत्ती ।४७.६० मीटर लम्बाईको पुल २०६८ सालको असार १ गते निर्माणाधिन अवस्थामा मस्र्याङ्दीमा नदीमा थियो खसेको ।४८.३० करोड लागतमा बन्न लागेको लिफ्टसिस्टम खानेपानी आयोजना र ंंंंषडानन्द बहुउद्देश्यीय धर्मशालाको प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईद्धारा शिलान्यास ।४९.आधारभुत आवश्यकता पुरा नभएर गाउँ छाड्नु नपर्ने राईको भनाइ ।५०.बजेटको कारण काममा कुनै पनि बाधा नपर्ने भन्दै काम तिव्र गतिमा अघि बढाउन निर्देशन ।५१.चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द ।५२.विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तारका लागि आइतबारदेखि १० दिन सम्म सबै उडान बन्द गरिएको विमानस्थलद्धारा जानकारी ।५३.भरतपुर विमानस्थलबाट काठमाडाँै र पोखरा हुदै आएको थियो दैनिक ११ जहाज उडान तथा अवतरण ।५४.विमानस्थल बन्द हुदाँ सेवा लीदै आएका दैनिक ८ सय यात्रु प्रभाबित ।५५.आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार ।५६.चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ५० रुपैयाँमा कारोबार ।५७.मुलुकभर ५ खर्ब २३ अर्ब ७२ करोड ९ लाख १० हजार ८ सय ७७ रुपैयाँ चलन चल्तीमा रहेको केन्द्रीय बैंकको भनाई ।५८.हालसम्म ५ खर्ब ३७ अर्ब ९२ करोड २० लाख ५४ हजार रुपैयाँ निष्कासन भइसकेको बैंकको तथ्यांकमा उल्लेख ।५९.बैंक तथा वित्तीय संस्थामा १४ अर्ब २० करोड ११ लाख ४३ हजार रुपैयाँ नोट मौज्दात ।६०.६ खर्ब १ अर्ब ५२ करोड ८० लाख ६० हजार ४ सय ११ रुपैयाँ जम्मा इक्विटी तथा दायित्वमा रहेको तथ्यांकमा उल्लेख ।६१.जम्मा सम्पत्ति ६ खर्ब १ अर्ब ५२ करोड ८० लाख ६० हजार ४ सय २४ रुपैयाँ ।६२.त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार पुग्यो ।६३.त्रिविका अनुसार आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख ।६४. बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको तथ्याङ्कमा उल्लेख ।६५.आर्थिक वर्ष २०७३÷७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु दाबी ।६६.शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्ताव ।६७.प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिपश्चात् र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने ।६८.चौतारी लघुवित्त वित्तीय संस्थाले पुस ९ गते बोलायो वार्षिक साधारण सभा ।६९.सभामा कम्पनीले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव पेश गर्ने ।७०.सभामा कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र १० दशमलव आठ नौ प्रतिशत नगद लाभांश वितरण गर्दै ।७१.स्वर्गीय कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’ गीत गजल संग्रहबाट बनेको गिती एल्बम भयो विमोचन ।७२.एल्बममा सात वटा गीत संग्रहित, एल्बमका गितहरुमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ लगायतका गायक गायिकाको स्वर ।७३.कर्णकुमार श्रेष्ठले नेपाली गीत, संगीत क्षेत्रमा पु¥याएको योगदानको वरिष्ठ साहित्यकार यादव खरेलद्धारा स्मरण ।७४.गोरखा चुमनोबी गाउँपालिका ४ का ओडगेन लामा लागूऔषध सहित काठमाडौं महानगरपालिका ४ धुम्बराही बाट पक्राउ ।७५.पक्राउ परेका लामा यसअघि २०६२ कात्तिक ७ गते ५६ केजी ४ सय ग्राम लागूऔषध चरेस सहित पक्राउ परी २ वर्ष ६ महिना कैद भूक्तान गरेका व्यक्ति भएका प्रहरीको भनाइ ।७६.डाँका मुद्दामा ३० हजार रुपैयाँ जरिवाना र २ वर्ष ११ महिना ३ दिन कैद सजाय भइ हालसम्म फरार रहेका प्रतिवादी विराटनगर महानगरपालिका १० का शिवराज चौधरी पक्राउ ।७७.काठमाडौं महानगरपालिका १४ कलंकीमा नम्बर नखुलेको टिपरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पुरुषको मृत्यु ।७८.भक्तपुर नगरपालिका १ सृजनानगरमा बा.३ ख २५३१ नमबरको टिपरको ठक्करबाट पैदलयात्री उदयपुरका समिर विकको मृत्यु ।७९.चितवनको खैरहनी नगरपालिका १० बडागाउँमा ना.५८ प ९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मदरा चौधरी मृत्यु ।८०.चितवनको भरतपुर महानगरपालिका २९मा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बर्दियाका सन्तराम थारुको मृत्यु ।८१.बाराको सुवर्ण गाउँपालिका ८ मा भारतीय नंम्बरको मोटरसाइकल दुर्घटना हुँदा बृज प्रशाद यादवको मृत्यु ।८२.रुपन्देहीको बुटबल उपमहानगरपालिका १२ रोकिराखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किदाँ सैनामैनाका दिपक पन्थ र नविन कडेंलको मृत्यु ।८३.काठमाडौं, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु ।८४.काठमाडौंको चन्द्रागिरी नगरपालिका २ वाण भञ्ज्याङका भुवनेश्वर शर्माको घरबाट नगद तथा सुनका गरगहना गरी १२ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।८५.काठमाडौंको तारकेश्वर नगरपालिका २ को शान्तिधाम मन्दिरबाट नगद ५० हजार रुपैयाँ, सुनको हार १ थान, सुनको मुकुट १ थान र सुनको चन्द्रमा १ थान चोरी ।८६.भक्तपुरको सूर्य्विनायक नगरपालिका ६ का स्वस्थानी खड्काको घरबाट सुनका गरगहना समेत गरी करिब १ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।८७.खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका ५ हाँडीगाउँ डेरा गरी बस्ने भारतका प्रदिप कुमार कुशवाह घाइते ।८८.अफ्रिकी देश बुर्किना फासोको एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४को मृत्यु ।८९.देशको पूर्वी क्षेत्र हान्तोउकोउरामा रहेको चर्चमा भेला भएकाहरुलाई लक्षित गरी भएको हो आक्रमण ।९०.मालीसँगको सीमा क्षेत्रमा जातीय तथा धार्मिक तनाव बढेका कारण हिंसाले तीव्रता पाएको बिशलेषण ।९१.आक्रमणमा कैयौ मानिस घाइते भएको स्थानीय गभर्नरले जारी गरेको व्यक्तव्यमा उल्लेख ।९२.बुधबार हुने भनिएको महाअभियोग प्रस्तावको सुनुवाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिलहरु उपस्थित नहुने ।९३.सुनुवाइको निष्पक्षतामा प्रश्न उठाउँदै राष्ट्रपति ट्रम्प र उनका वकिल महाअभियोग प्रस्तावमा सहभागी नहुने ह्वाइट हाउसद्धारा उल्लेख ।९४.ट्रम्पमाथि आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि गैरकानूनी र राष्ट्रियताको हित विपरित युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप ।९५.महाअभियोग प्रस्तावका लागि सार्वजनिक सुनुवाईका क्रममा भएका बयानहरु राष्ट्रपति ट्रम्पको विरुद्धमा आएपछि उनीमाथि संकट चुलियो ।९६.राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै कुनै पनि गैरकानुनी काम आफूबाट नभएको दाबी ।९७.अफगानिस्तानको काबुलमा हतियारधारीको आक्रमणबाट दुई गुप्तचर अधिकारी मारिए ।९८.काबुलमा सोमबार एक हतियारधारीले गाडीमा लक्षित गरी गोली प्रहार गर्दा अन्य तीनजना घाइते ।९९.भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्देश्यले कार र्याली आयोजना हुने ।१००.स्कल इन्टरनेशनलले काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै कार ¥याली गर्नेबारे दिएको हो जानकारीे ।