कास्की उपनिर्वाचनमा प्रहरी प्रशासनकाे निष्पक्ष भूमिका भएन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनले निष्पक्ष भूमिका ननिभाएकाले कास्कीमा भएको उपनिर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित नेता भीमबहादुर तामाङको स्मृतिसभामा सभापति देउवाले सरकारले उपनिर्वाचनको मुखमा प्रहरी प्रशासन हेरफेर गरेको आरोप लगाउनुभयो । निष्पक्ष प्रहरी प्रशासन नहुँदा पनि भक्तपुर, धरान र चितवनमा कांग्रेसले जित हात पारेको र केही स्थानमा धाँधली भएको पाइए छानबिन गर्न दबाब दिइने सभापतिको भनाइ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग असन्तुष्ट जनता कांग्रेससँग सन्तुष्ट हुन्छन् भन्ने अवस्था सधैँ नरहने तर उपनिर्वाचनको परिणामले सरकारको असफलताले कांग्रेसमा आकर्षण देखिएको बताउनुभयो ।

कार्यक्रममा नेता भीमबहादुर तामाङको योगदानको सम्झना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…