सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज

काठमाडौं । राजधानीबाट मंगलबार प्काशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयमा प्रमुख समाचार बनाएका छन् । आजका प्रायजसो पत्रपत्रिकाहरुले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक खेल शुरु भएको र पहिलो दिनमै नपालले १५ स्वर्ण आफ्नो पोल्टामा पारेको विषयलाई प्राथमिकतमा राखेका छन् ।

सोमबार जनता समाचार डट कम मा तेक्वान्दोमा नेपाललाई सात स्वर्ण, कास्की उपनिर्वाचनमा प्रहरी प्रशासनको निष्पक्ष भूमिका भएन, स्वर्गीय कर्णकुमार श्रेष्ठको दुई कृति सार्वजनिक, ‘घरेलु तथा साना उद्योगको प्रवर्द्धन सरकारको प्राथमिकता’, नेपाल टेलिकमको निशुल्क फोरजी सिमकार्ड, जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित र ठेकेदारको चरम लापरबाहीस् सडक निर्माणको बजेट दुरूपयोग लगायतका शीर्षकहरुमा समाचार प्रकाशन गरिए ।

गोरखापत्र दैनिकले सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज शीर्षकमा पहिलो पृष्ठमा प्रमुख समाचार छापेको छ । मंगलबार परेको राष्ट्रिय अपांगता दिवशको सन्दर्भमा विशेष रिपोर्ट लेख्दै गोरखापत्रले नेपालमा ६१ प्रतिशत मानिसहरुले विभिन्न प्रकारका मानसिक स्वासथ्य सम्बन्धि समस्याको सिकार हुनुपरेको र २४ प्रतिशत अपांगता भएका व्यक्तिहरु हिंसा र दुर्व्यवहारको सिकार हुने गरेको खुलाएको छ । पत्रिकामा उल्लेख भएअनुसार नेपालमा अपांगताको समयमै पहिचान गर्ने विधि, प्रणाली र प्राविधिक क्षमता अत्यन्तै कमजोर देखिएको छ ।

समाचारमा २०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत मानिसहरुमा कुनै नकुनै किसिमको अपांगता रहेको जसमध्ये १५ दशमलव ५ प्रतिशत व्यक्ति बहिरा तथा सुस्त श्रवण अपागंता भएको उल्लेख गरिएको छ । त्यस्तै अपांगता भएका मानिसहरुको सामाजिक सुरक्षा भत्ताका कारण दैनिकी सहज बन्दै गएको देखिन्छ ।

राजधानी दैनिकमा नेकपाले महत्वपूर्ण दुई स्थान गुमाएको र कांग्रेसलाई फाइदा पुगेको विषयमा मुख्य समाचार छ । समाचारमा उल्लेख भए अनुसार प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये केहि मुख्य स्थानहरुमा नेकपाले आफ्नो स्थान गुमाएको छ ।

कुल ५२ रिक्त पदमध्ये संख्यात्मक रूपमा नेकपाले ३० स्थानमा आफ्नो पक्षमा जित हात पारे पनि उसले अघिल्लो पटक जितेका प्रदेश सभाअन्तर्गतको भक्तपुर १ (क) र धरान उपमहानगरपालिका महत्वपूर्ण स्थानमा पराजय भोग्नुपरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।