बार्सिलोनाका कीर्तिमानी खेलाडी लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०१९ मा उत्कृष्ट खेलाडीका रुपमा अर्जेन्टिनाका कप्तानसमेत रहेका मेस्सीले बालोन डी’ओर जितेका हुन् ।
क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन् । मेस्सी मात्रै त्यस्ता खेलाडी हुन, जसले ६ पटक बालोन डी’ओर अवार्ड जित्न सफल भएका छन् । यस अघि सन् २००९, १०, ११, १२ र २०१५ मा मेस्सीले यो अवार्ड जितिसकेका छन्।
मेस्सीपछि यो अर्वा रोनाल्डोले ५ पटक जितेका छन् । पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई बालोन डी’ओर अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितेकी छन् । वर्षको उत्कृष्ट महिला फुटबलरलाई प्रदान गरिने बालोन डी’ओर अवार्ड यो वर्ष अमेरिकी टिमकी सहकप्तान समेत रहेकी मेगन रापिनोले जितेकी हुन् ।
इंग्ल्याण्डकी लुसी ब्रोन्जलाई पछि पार्दै विश्वकप विजेता मेगनले अवार्ड जितेकी हुन् । ३४ वर्षकी वेङ्गर रापिनोको सहकप्तानीमा रहेको अमेरिकी टोलीले यो वर्ष महिला विश्वकप फुटबलको उपाधि जितेको थियो । उनी प्लेअर अफ द टुर्नामेन्ट घोषित भएकी थिइन् । यस्तै ६ गोल गरेकी उनी सर्वाधिक गोलकर्ता पनि हुन् ।
फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । त्यस्तै, लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा याे अवार्ड प्रदान गर्ने गरिन्छ । एजेन्सी