कुलपूजाका लागि हिँडेको जिप दुर्घटना, मृतकको संख्या १४ पुग्यो

बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो । जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा  एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीहरुको बडिगाड पोलिक्ल्नीकमा उपचार भइरहेको छ भने, एकजना बेपत्ता भएको आशंका गरिएको छ । जिपमा १८ जना सवार थिए ।

सांसदद्वारा दुःख व्यक्त 

बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पौडेलले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

याे पनि पढ्नुहाेस्

बडिगाड खोलामा जिप खस्दा १३ जनाको मृत्यु

बागलुङको बडिगाड खोलामा खस्यो जिप

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…