प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष संचालन

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबारदेखि प्राथमिक स्वास्थ्य उपचार कक्ष संचालन गरिएको छ । नेपालमा प्रहरी कार्यालयमा पहिलो स्वास्थ्य कक्षको रुपमा शुरु भएको स्थास्थ्य केन्द्रको विरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गर्नुभएको हाे ।

वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रभु हस्पीटल तथा माट्रिका आई फाउन्डेसनको सहयोगमा शुरु भएको उक्त प्राथमिक उपचार कक्षको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले जनता र प्रहरी सबैले सेवादायी उपचार पाउने आशा व्यक्त गर्नुभयो ।

उँहाले जिल्ला प्रहरी कार्यालयमा शुरु भएको उपचार कक्षले जनता र प्रहरीबीचको सम्बन्ध अझ मैत्री रुपमा दरिलो हुने बताउनुभयो ।प्राथमिक उपचार हरेक जनताको अधिकार भएको बताउँदै उहाँले प्रहरी र जिल्ला प्रहरी कार्यालयमा आउने सबै जनताले उचित उपचार पाउनको लागि महानगरपालिकाबाट दिनुपर्ने सहयोगको लागि आफू सँधै तयार रहेकोसमेत सरावगीले जानकारी गराउनुभयाे ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक.सोमेन्द्र सिहं राठौर, प्रभु हस्पिटलका संचालक डा.मनोज गुप्ता माट्रिका आई फाउण्डेशनका मेडिकल संयोजक महेश सिहं धामी, पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष के.सी लामिछाने,  सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतका व्यक्तिहरुको विशेष उपस्थिती रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।