बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो ।
जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
मृत्यु हुनेहरु- रेशम थापाचालक, २५ वर्षीय, गुल्मी इस्मा गाउँपालिका-५-माया थापा, २३ वर्षीया, गुल्मी इस्मा गाउँपालिका-५
-वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका-५- झुमा कार्की, नवलपरासी वर्दघाट- लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड-५- सीता कार्की, ४० वर्षीय इस्मा -५ गुल्मी- तुलसी कार्की, इस्मा- भूमि कार्की ४५ वर्षीय, इस्मा- मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी- धनबहादुर कार्की इस्मा गुल्मी- झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी
–सुचना कार्की–अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाकाे परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूकाे नाम–जीवन कार्की, नवलपरासी वर्दघाट–नीमा कार्कीखत्री, राेल्पा घर इस्मा माइती–हिमाल कार्की, इस्मा गुल्मी