अन्तर्राष्ट्रिय समाजवाद पुरस्कार आइएसएको नोमिनेशन सार्वजनिक

बिना श्रेष्ठ

काठमाडाैं । अन्तर्राष्ट्रिय समाजवाद पुरस्कार अर्थात् इन्टरनेश्नल सोसलिजम अवार्ड (आइएसए) २०१९ नोमिनेशन प्रक्रिया सम्पन्न भएको छ । बहुविधामा आधारित विविध विषयहरुमा छनोट समितिले नामावली सार्वजनिक गरेको हो ।

२०१९ डिसेम्वर २२ सिओलमा एक समारोहका बीच नोमिनेशनमा पर्न सफल व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिनेछ । शम्भवतः देशको विभिन्न क्षेत्रमा रहेर देश र समाजको विकासमा सकारात्मक भूमिका निर्वाह गर्नुभएका लब्ध प्रतिष्ठित, सामाजिक अभियान्ताहरु प्रति राष्ट्रिय स्तरमा गरिन लागिएको यो सम्मान पहिलो पटक हो ।

उक्त कार्यक्रम क्लब ४० इन्टरनेश्नल र अनलाइन मिडिया दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको हो । सामाजिक अभियन्ताहरुलाई सम्मान स्वरुप यो कार्यक्रम देशको गरिमा, महिमा र प्रतिष्ठा बोकेको आयोजकले जनाएको छ ।

नेपालबाट नोमिनेशनमा पर्न सफल व्यक्तिहरुको नामावलीः–


१) नेहा पोख्रेल– सामाजिक अभियान्ता
२) सानुमाया लामा–सामाजिक अभियान्ता
३) बासुमाया तामाङ– महिला उद्यमी
४) कमला सुबेदी– महिला उद्यमी
५) रेखा चौधरी– महिला उद्यमी
६) माया गुरुङ– महिला उद्यमी
७) शिबहरि नेपाल– कलाकार
८) बिकास लामिछाने– कलाकार
९) दिनेश काफ्ले– कलाकार
१०) दबुती शेर्पा–पर्वत आरोही
११) इन्द्रबहादुर लामा तामाङ–कलाकार
१२) अष्मिता सुनार–कलाकार
१३) मनिष श्रेष्ठ–फोटोग्राफर
१४) असोसियन लामा– कलाकार
१५) रुपा लामा– कलाकार
१६) राजन रिजाल– कलाकार
१७) करुणा पाण्डे–कलाकार

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदुत कमानसिहं लामाको विशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको व्यवस्थापनमा संस्थापक विभू न्यौपाने, प्रमुख कार्यकारी अधिकृत कृष्ण पोखरेल, कार्यक्रम व्यवस्थापक विकश बोलखे, कार्यक्रम निर्देशक समिर लामा, कोअर्डिनेटर सुदिप सापकोटा लगायतको संयोजनमा कार्यक्रम दक्षिण कोरियाको सिओलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या बढिरहेको छ । दिनहुँ संक्रमित बढिरहेसँगै सोमबार कोरोना संक्रमितको सङ्ख्या १ हजार ५…

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…