अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमी

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमी आएको र अत्याधिक मूल्यवृद्धि भएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले यस्तो बताएका हुन् ।

नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको उपभोक्ताकर्मीहरुको भनाइ छ । उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहिन वस्तु आउँदासमेत अनुगमन हुन नसकेको बताएका छन् । दुध, तरकारी, पानी, तेल, औषधी लगायतका अत्यावश्यक वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

बैठकमा उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताउनुभयो ।

धामीका अनुसार उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधी लागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…