अन्तराष्ट्रिय अपाङ्गता दिवस: ह्विल चियर दौड प्रतियोगीता

कञ्चनपुर । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कञ्चनपुरमा ह्विल चियर दौड प्रतियोगीता गराइएको छ । महेन्द्रनगरमा अपाङ्ग सेवा संघ कञ्चनपुरको आयोजनामा ह्विल चियर दौड प्रतियोगीता गराइएको हो ।

भिमदत्त नगरपालिकाको कार्यालयबाट जिल्लामा रहेका अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा महेन्द्रनगर बजार परिक्रमासहित र्यालि निकालिएको थियो ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चियर दौड प्रतियोगितामा भाग लिएका थिए । ट्राफिक चौकदेखि शुरु भएको ह्विल चियर दौड मदन चोकमा पुगेर सकिएको थियो । दौडमा प्रथम भएका अपाङ्गता जीवन भट्टले शारीरिक रुपमा अशक्त भएर पनी आफू खेलकुदमा सहभागि हुँदा अत्यन्तै खुशी भएको बताएका छन् ।

सरकारले आपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण गर्नु मात्रै ठुलो कुरा नहुने र आपाङ्गताको अवस्था हेरी स्वरोजगारको व्यवस्थामा समेत सरकारले ध्यान दिनुपर्ने अपाङ्ग सेवा संघ कञ्चनपुरका सल्लाहकार तथा समाजसेवि लिलाध्वज बस्नेतले बताउनुभएको छ ।

कञ्चनपुरमा हाल ९ हजार ७० जना आपाङ्गता भएका व्यक्ति छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…