Logo ८ असार २०७८, मंगलवार


जनता बैंकद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौं । जनता बैकले दुई संस्थालाई आथिएक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियलटोपोग्राफी मेशिन खरिदका लागि ४ लाख ५० हजार तथा सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष का लागि २ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सहयोग रकमको चेक बैंकका प्रमुखकार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागरप्रताप राणालाई हस्तान्तरण गर्नुभयो । नेपाल नेत्रज्योती संघबाट सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान त्यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

त्यस्त वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष उपलब्ध गराएको रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिने जनाइएको छ।

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिई यही २०७६ मंसिर २० गतेदेखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक लिमिटेड २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८ सय ५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…