अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण

काठमाडौं । अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु तयार गरी प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागमा हस्तान्तरण गरिएको छ ।

अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की र अमेरिकी राजदूताबासको तर्फबाट कार्यक्रम प्रवन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल प्रहरीमा पोलीग्राफ प्रविधिको शुरुवातदेखि नै यसको विकासको लागि अमेरिकी राजदूताबासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ । हालसम्म अमेरिकी राजदूताबासले पोलीग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ जना प्रहरी अधिकृतहरुलाई पोलीग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधा सम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नुको साथै पोलीग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको विभागले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…