बागलुङ जिप दुर्घटनाका ८ जना, जो भाग्यले बाँच्न सफल भए

विमल खड्का
काठमाडौं । मंसिर १८ मार्ग शुक्ल अष्टमी । हिन्दू परम्परा अनुसार भोलि कुलपुजा ( देवाली) । दाजुभाइ टाढा भएकाले गुल्मीबाट कुलपुजा गर्न बागलुङ जानुपर्ने बाध्यता । सडक सञ्जालको पहुँच भएकाले इस्मा गाउँपालिका–४ पैयाँबाट जिप छुट्यो बागलुङ निसीखोला–२ बायखोलाका लागि । बिहानै ५ बजे हिँडेका तीन अवोध बालकसहितका आमा र स्थानीय देवाली गर्ने ठाउँसम्म पुग्न पाएनन् ।

मान्छे हो एकदिन मर्नेपर्छ, कोहीको ढिलो होला, कोहीको छिटो फरक यत्ती हो । तर परिवारलाई छाेडेर कुनै गन्तव्यमा पुग्दै गर्दाको मरण परिवार र समाजका लागि पीडादायी हुन्छ । गाउँका कार्की ‘खलक’ दाजुभाइ बागलुङ निसीखोला–२ बायखोला । गन्तव्यसम्म पुग्नका लागि१८ हजारमा जिप रिजर्भ थियो । जिप रिजर्भ भएकाले जिपमा अटाएसम्म र छतमा गरी २५ जना सवार थिए ।

इस्माबाट आएको गाडीग्वालीचौर प्रहरी चौकी खारले समात्यो । क्षमताभन्दा बढी मान्छे हालेको भन्दै प्रहरीले केही मान्छे झार्यो पनि । भरेका मान्छेलाई गन्तव्यसम्म पुर्याउनका लागि ग्वालीचौर प्रहरी इञ्चार्ज लालमणि भट्टराईले नै अर्को गाडी खोजेर पठाए । भट्टराईले भने– ‘बच्चासहितका आमा भएका काँखमा राखेर लैजान्छौं भनेपछि मैले १८ जना जिपमा पठाएको हुँ ।’ ‘अन्य ८ जना अर्को सवारी खोजेर पठाएँ तर, भीमगिठे नजिकै दुर्घटना भएको खबर सुन्दा छाङ्गाबाट खसेजस्तै भएँ’ उनले सुनाएँ ।

दुर्घटनाको जोखिम भनेर भेउ पाएको प्रहरीले ८ जना नझारेको भए साहेद सबैजना दुर्घटनामा पर्थे होला । संयोगबस् ८ जनालाई केही भएन् । जिप अगाडि अगाडि थियो । पछाडि थियो प्रहरीले झारेको आठ जना बोकको भ्यान । भ्यानका चालकका तेजबहादुर घर्तीका अनुसार गाडी सडकमा रहेको पिलरमा ठोक्किँयो र एक्कासी खोलामा खस्यो । ‘गाडी ढिकामा र कुनामा गरेर पिलरमा ठोक्किँयो, केहीसमयपछि खोलामा खसेको ठूलो आवाज आयो चालक घर्तीले सुनाए ।’

कुल पुजाको लागि हिँडेको जिप यसरी खस्ला भनेर कसैले पनि कल्पनासमेत गरेका थिएनन् । दुर्घटना हुनुपूर्व नै भ्यानमा चढेका मध्येका एक थिए विशाल कार्की । मंगलबार राति कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाँगन बस्ने र बुधबार कुल पूज्ने भएकाले बायखोला जाने कार्यक्रम रहेको थियो उनीहरुको । तर बन्धुकहाँ नपुग्दै देवसान भयो १४ जनाको । १४ जनाको घटनास्थलमै मृत्यु भएपछि कार्की गाउँ बायखोला र गुल्मी इस्मा स्तब्ध छ ।

भोलिको कुलपुजाको लागि हिँडेको जिप बडिगाड गाउँपालिका वडा नम्बर ७ मा पुगेर दुर्घटना हुँदा १४ जनाले अकालमै ज्यान गुमाउन पर्यो । ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीया सुचना कार्की, ४० वर्षीया बसुन्धरा कार्की, २२ वर्षीया माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक २५ वर्षीय रेशम थापा ४० वर्षीया सिता कार्की , उनकी चार वर्षीया छोरी अनुसा कार्की रहेका छन् । यस्तै ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी र कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

इश्मा गाउँपालिकाकै ६५ वर्षीय धनबहादुर कार्की भने अझै बेपत्ता छन् । उनको खोजि प्रहरी र स्थानीयले गरिरहेका छन् । समाचार तयार पर्दासम्म उनी भेटिएका छैनन् । प्रहरी कारबाहीमा परेपछि भ्यानमा चढेका ८ जना दुर्घटनाबाट जोगिए । प्रहरी कारबाहीमा परेपछि नारायण कार्की, हरि कार्की, मधु कार्की, विशाल कार्की, कर्णबहादुर घिताङ, रवि कार्की लक्ष्मण खत्री र रुद्र थापा भ्यानमा सवार थिए । उनीहरुकै आँखा अगाडि जिप खोलामा खसेको थियो । देवाली मनाउन नवलपरासी वर्दघाटबाट आएका जीवन कार्की, रोल्पा घर भइ इस्मा माइत भएकी नीमा कार्की खत्री र हिमाल कार्कीको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको उपचार खर्च सरकारले नै बेहोर्ने गुल्मीका सांसद एवम् पूर्व श्रममन्त्री गोकर्ण विष्टले भनिसकेका छन् । कामना गरौं उनीहरुको स्वास्थ्य चाडो निको होस् ।

सडक दुर्घटना हुनुमा चालकको कमजोरी देखिएला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफू पन्छिन खोज्नु पानी माथिको ओभानो हुन खोज्नु हो कि !

सम्बन्धित समाचार 

बडिगाड खोलामा जिप खस्दा १३ जनाको मृत्यु

कुलपूजाका लागि हिँडेको जिप दुर्घटना, मृतकको संख्या १४ पुग्यो

बागलुङ दुर्घटनाका मृतकको परिचय खुल्यो (अपडेट)

बागलुङ दुर्घटनाका घाइतेलाई ल्याउन काठमाडौंबाट उड्यो हेलिकोप्टर

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…