आत्मानन्द कपको उपाधि मानेभञ्ज्याङ दार्जिलिङलाई

भगीरथ भण्डारी
इलाम । माङ्सेबुङमा सञ्चालित १२औँ संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि विदेशी टिम मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङले हात पारेको छ ।

मंगलबार भएको फाइनलमा स्वदेशी टिम भाङबारी स्पोर्टिङ क्लब दमक झापालाई २–० को अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको हो । स्वदेशी र विदेशी टिमबीचको प्रतिष्पर्धात्मक खेलको उत्तरार्धमा दार्जिलिङले गोल गर्दै उपाधि चुमेको थियो । खेलको ५३औँ मिनेटमा दार्जिलिङका निश्चल राईले गोल गरी टिमलाई उपाधि नजिक पुर्याएका थिए । इन्जुरी समयमा पुन दार्जिलिङका सन्तोष राईले गोल गरी २–० को उपाधि दिलाएका थिए ।

जितसँगै दार्जिलिङले नगद २ लाख १ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद १ लाख १ सय ६६ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।

विजेता र उपविजेता टिमलाई पुरस्कार बुधबार किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सव समारोहमा वितरण गरिने आयोजक आत्मा–पवित्रा हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिता गत ११ मंसिरदेखि संञ्चालित थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आयाेगको मुख्यालयमा कार्यरत १…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको…

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।