मंगलबारकाे सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिष्मा बस्नेत 
काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

आजका एक सय समाचार यसप्रकार छन् :

१.गुल्मीबाट बागलुङको जाँदै गरेको जिप बडिगाड खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु ।

२.ग १ ज पाँच दुई एक नौ नम्बरको जिप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिकास्थित घोपर्नामा दुर्घटना हुँदा तीन जना घाइते ।

३.जिपमा सवार १७ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङद्वारा जानकारी ।

४.दुर्घटनामा एक पुरुष, एक महिला र एक शिशु घाइते ।

५. १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा ।

६.जारी प्रतियोगिताको पछिल्लो परिणाम अनुसार २३ स्वर्णसहित नेपाल अग्रस्थानमा ।

७.भारत ११ स्वर्णसहित दोस्रो, श्रीलंका ४ स्वर्ण, पाकिस्तान २ स्वर्ण, बंगलादेश २ जित्न सफल ।

८.मालदिभ्स भने अहिलेसम्म १.स्वर्ण मात्र जित्न सफल, भुटान ३ कास्य पदकसहित अंक तालिकाको अन्तिममा ।

९.१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालको शानदार सुरुवात ।

१०.नेपालद्वारा आफ्नो पहिलो खेलमा भुटान ४–० गोल अन्तरले पराजित ।

११.नेपालको जितमा कप्तान सुजल श्रेष्ठले गरे दुई गोल ।

१२.प्रतियोगितामा अविशेक रिजाल र मिक्छेन तामाङले गरे एक एक गोल ।

१३.१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित ।

१४.नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाद्वारा ५ बल बाँकी रहदा ४ विकेट गुमाएर पुरा ।

१५.श्रीलंकाका अशनले अविजित रहदै ७२ र निशान मदुष्काले बनाए ४६ रन ।

१६.नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले लिए समान १ विकेट ।

१७.नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ७२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले जोडे समान २१ रन ।

१८.विश्वमै प्रसिद्ध बाराको वरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा बलि दिन शुरु ।

१९.गढीमाई देवीको मन्दिरदेखि करिब ३ सय मिटर पूर्व रहेको ब्रम्हस्थानमा विशेष पुजाअर्चना गर्दै दिइयो पञ्चबली ।

२०.धामीले आफ्नो शरिरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बली खुलेको मुख्य पुजारीद्वारा जानकारी ।

२१.तान्त्रिक धामीले आफ्नो शरिरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्राबाट रगत निकाली चढाउने परम्परा ।

२२.श्रद्धालु भक्तजनहरुले बलिका लागि ल्याएका राँगा ब्रम्हस्थानसँगैको बधशालामा संकलन ।

२३.अहिंसावादी विभिन्न संघ संस्थाहरुले बलिको विरोध गरेकाले गढीमाईमा श्रव्यदृष्य खिच्न मनाही ।

२४.प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको मिडियाप्रति आक्रोश ।

३५.प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचाका लागि अमेरिका लैजाने समाचार आधारहीन भएको रिमालको भनाइ ।

२६.प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका लैजाने विषयमा कुनैपनि छलफल नभएको प्रष्टोक्ति ।

२७.बतासे नबन्न सञ्चारकर्मीहरुलाई रिमालको आग्रह ।

२८.विविध कार्यक्रम गरी २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइयो ।

२९.नेपालले पनि सन् १९९२ देखि अपाङ्गता दिवस मनाउँदै आएको तथ्यांक ।

३०.नेपालमा बौद्धिक अपांगता भएको व्यक्तिहरुको गणना नगरिए पनि विगतमा गरिएको नमूना सर्वेक्षणमा कूल जनसंख्याको ३ दशमलव ४ प्रतिशतमा अपांगता ।

३१.बौद्धिक अपाङगता भएकाहरुको चारदिने एसियास्तरीय २४औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु ।

३२.सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन ।

३३.सपाङ्गता भएको व्यक्तिका तुलनामा अपाङगता भएका व्यक्तिलाई राज्यले विशेष अवसर र वातावरण बनाउनु पर्ने उपराष्ट्रपति पुनको भनाइ ।

३४.अपांगता भएका व्यक्तिले पनि अवसर पाए प्रगतिको फड्को मार्न र ठूला कीर्तिमान हासिल गर्न सक्ने उपराष्ट्रपतिको भनाइ ।

३५.चार दिनसम्म चल्ने सम्मेलनमा विभिन्न १४ देशका प्रतिनिधिहरुको सहभागिता ।

३६.बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ ।

३७.नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको उपभोक्ताकर्मीहरुको दाबी ।

३८.उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमितिको भनाइ ।

३९.उपसमितिले उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने ।

४०.लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा महिला हिंसा न्यूनीकरणमा धार्मिक अगुवाहरुको भूमिकाबारे छलफल ।

४१.धर्मको नाममा हुने गरेका हिंसा न्यूनिकरण गर्न धार्मिक गुरुहरुको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका सहभागीहरुको भनाइ ।

४२.महिलालाई सबै धर्मले प्राथमिकतामा राखेको र हिंसालाई कुनैपनि धर्मले प्रोत्साहन नगरेको कार्यक्रममा उपस्थित विभिन्न धर्मगुरुहरुको दाबी ।

४३.महिला हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुका साथै, धार्मिक ग्रन्थमा महिलाबारे लेखिएका कुरा अध्ययन गर्न धर्मगुरुहरुको आग्रह ।

४४.ठूला बैंक, वित्तीय संस्था मर्जरमा प्रोत्साहित गरेको पाँचमहिना बितिसक्दा पनि अपेक्षाकृत प्रगति भएन ।

४५.बीग मर्जरमा जान सहुलियत दिए पनि बैंक, वित्तीय संस्था इच्छुक नदेखिँदा नयाँ बाध्यात्मक नीति ल्याउने तयारी गरिएको राष्ट्रबैंकको भनाइ ।

४६.विभिन्न वाणिज्य बैंकबीच मर्जर टुंगोमा पु¥याएरै छाड्ने राष्ट्रबैंकको दाबी ।

४७.राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्व सहसचिव निर्मलहरि अधिकारी चयन ।

४८.अध्यक्ष चयन भएसँगै अधिकारीद्वारा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ ।

४९.असोज २० गते सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा गरेको थियो नियुक्त ।

५०.सोमवार घटेर १ हजार १ सय ११ को विन्दुमा बन्द भएको नेप्से आज ३ दशमलव ७,५ अंक बढेर १ हजार १ सय १५ दशमलव ७,४ विन्दुमा बन्द ।

५१.मंगलवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, वित्त र ‘अन्य’ समूहको परिसूचक भने ओरालो ।

५२.मंगलवार २६ करोड ६८ लाख बराबरको शेयर कारोबार ।

५३.कमजोर आर्थिक अवस्थाका कारण रामेछापको गौश्वाराका बालबालिका उच्चशिक्षा लिनबाट बञ्चित ।

५४.सरकार, प्रशासन र नेता गौश्वारामा बिरलै पुग्ने गौश्वारामा सरकारको उपस्थिति पनि न्यन ।

५५.शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मौलिक हकको समेत प्रत्याभूत गर्न नपाएको स्थानीयवासीको गुनसो ।

५६.आलू खेतीबाट घर खर्चदेखि पढाई खर्च धान्नु पर्दा गाउँ बाहिरको विद्यालयमा राखेर छोराछोरीलाई पढाउन सक्ने अवस्था नरहेको अभिभावकहरुको भनाइ ।

५७.गाउँका ८० प्रतिशत विद्यार्थीले चाहेर पनि कक्षा १० भन्दा माथिल्लो शिक्षा लिन सकेनन् ।

५८.एसइई पास गरेपछि गौश्वाराका अधिकांश युवाहरु शहर पलाएन हुने र अधिकांश सवारी चालक पेसामा लाग्ने गरेको स्थानीयको भनाइ ।

५९.सप्तरीमा निर्माणाधीन बनौनिया–चपेना सडक मापदण्ड विपरित बनिरहेको खुलासा,

६०.लागत घटाउन निर्माण कम्पनीले बदमासी गरिरहेको स्थानीयको आरोप ।

६१.मापदण्ड विपरित निर्माण थालेको भन्दै जनप्रतिनिधि र स्थानीयबासीद्वारा ठेकेदार कम्पनीविरुद्ध विरोध ।

६२.ठेकेदार कम्पनीको लापरवाहीबारे सम्बन्धित निकायमा जानकारी गराउँदा कतैबाट पहल नभएको जनप्रतिनिधिहरुको गुनासो ।

६३.गुरुयोजना अनुसार सडक स्तरोन्नतीको कार्य गर्ने–गराउनेतर्फ सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने जनप्रतिनिधि र स्थानीयबासिन्दाको माग ।

६४.भ्रमण वर्ष २०२० लाई मध्येनजर गर्दै सल्यानको दार्मा गाउँपालिकाले प्रसिद्धस्थल मालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिँदै ।

६५.अग्लो ठाउँमा रहेको आकर्षक गन्तव्य मालिका लेक विभिन्न दृष्यावलोकन गर्न सकिने भएकाले प्रसिद्ध बन्दै गएको स्थानीयको भनाइ ।

६६.मालिकामा पर्यटन प्रवद्र्धन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको गाउँपालिकाद्वारा जानकारी ।

६७.मालिकालाई पर्यटकको आकर्षकस्थल बनाउन प्रदेश सरकारले पनि साथ दिँदै ।

६८.संघ प्रदेश तथा स्थानीय सरकार पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा जुटिरहँदा बागलुङको बडिगाडस्थित पर्यटकीय एवम् धार्मिक क्षेत्र थामचौर ओझेलमा ।

६९.स्थानीय तहले ध्यान नदिँदा थामचौर ओझेलमा परेको सर्वसाधारणको भनाइ ।

७०.गण्डकी प्रदेशले १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेपनि बागलुङको थामचौरलाई समेट्न नसक्दा ओझेलमा परेको स्थानीयको भनाइ ।

७१.राज्यको प्राथमिकतामा नपर्दा त्यहाँ उत्पादित जडिबुटी तथा आलुले बजार पाउन सकेन ।

७२.बाँकेका किसानहरु धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउन बाध्य ।

७३.बजारमूल्य भन्दा खाद्य कम्पनीले बढी मूल्य दिएपछि किसानहरु पनि खुशी ।

७४.सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट बिभिन्न समान सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जना पक्राउ ।

७५.पक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोकका अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने अमन अवाल ।

७६.उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको भनाई ।

७७.काठमाडौं महानगरपालिका १४ कलंकीमा दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, नगद ६९ हजार रुपैयाँ बरामद ।

७८.खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धनकुटाको पाख्रीवास नगरपालिका ५ बस्ने भोजपुरका सुजन श्रेष्ठ पक्राउ ।

७९.श्रेष्ठले आफ्नै दाइ नाता खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गर्दा घाइते भएको प्रहरीको भनाइ ।

८०.लेनदेन मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार नेपालगंज उपमहानगरपालिका १८ को गिता कुमारी खड्का पक्राउ ।

८१.मकवानपुरको बाग्मती गाउँपालिका ५ मा ना.१ ह ६३१७ नम्बरको अटो दुर्घटना हुँदा काउलीमायाँ रुम्बाको मृत्यु ।

८२.बाराको महागढिमाई नगरपालिका ४ मा अनटेस्ट लेखिएको ट्याक्टरको ठक्करबाट पैदलयात्री सर्लाहीका राजाराम रायको मृत्यु ।

८३.मोरङको उर्लाबारी नगरपालिका ५ झुम्राहामा ना ८ ख ७०५३ नंबरको टिफरको ठक्करबाट ४ बर्षिया राधिका कुमारी मण्डलको मृत्यु ।

८४.ललितपुरको महालक्ष्मी नगरपालिका ४ ईमाडोलमा डेरा गरी बस्ने खडग बहादुर राईको कोठाबाट करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको चोरी ।

८५.ललितपुर महानगरपालिका २८ हात्तीवनको रकिन भान्सा घरबाट करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।

८६.भक्तपुर नगरपालिका १ दुधपाटीको सैनिक स्कुलको क्वाटरमा बस्ने रामेछापका सरस्वती बोहोराको कोठाबाट करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।

८७.पाँचथरको फालेलुङ गाउँपालिका ४ की ७० वर्षीया टंकरानी थाम्सुहाङको आगलागीमा परी मृत्यु ।

८८.घरमा खाना पकाउने क्रममा आगलागी हुँदा थाम्सुहाङको आगोले जलेर भएको हो मृत्यु ।

८९.कपिलवस्तुको महाराजगंज नगरपालिका ३ को राजु भुजको घरमा आगलागी हुँदा करिब १ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

९०.बाँकेको बैजनाथ गाउँपालिका १ का गणेश बहादुर शाहको कुखुरा पोल्टिफर्ममा ग्याँस सिलिन्डर लिक भई आगलागी, पोल्टिफर्म पूर्णरुपमा जलेर नष्ट ।

९१.बाँकेको नेपालगंज उपमहानगरपालिका १ को सुमित मुराउको मोबाइल पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण मोबाइल जलेर नष्ट ।

९२.धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीगाउँका लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु ।

९३.बांकेको राप्ती सोनारी गाउँपालिका ३ का छबिलाल थारु बाख्रालाई घास काट्नको लागी रुखमा चढेकोमा रुखबाट लडी मृत्यु ।

९४.मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी मानिस प्रभावित ।

९५.आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण ।

९६.लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित ।

९७.आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडानहरुसमेत प्रभावित, केहीलाई डाइभर्ट गरियो ।

९८.प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु पनि बन्द ।

९९.विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यु ।

१००.सेनाले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको केही प्रान्तहरुमा गरिएको सैन्य कारवाहीका क्रममा ती लडाकूहरु मारिएको उल्लेख ।

 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…