Logo मंसिर १४, २०७७ आइतबार


५२ घरद्वारा नमुना बस्तीको सुरुवात (फोटोफिचर)

नारारायण थापा
भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरद्वारा नमुना बस्तिको सुरुवात गरेकाे छ । नमुना बस्तीसँगै पछिल्ला दिनहरुमा होम स्टे सञ्चालन गर्नका लगि २ घरबाट होमस्टेको सुरुवातसमेत गरिएको छ ।

“सफा सुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ नगरकोटको फेदि नमुना समुदायमा ५२ घरले ५२ सदस्य टोली बनाइ आफ्नो ठाउँलाई स्वच्छ, सफा, दिसा पिसाब मुक्त क्षेत्र र विषाधिमुक्त तरकारी तथा अर्गानिक खानेकुराको थालनी गर्ने तयारी गरेको नगरकोट–६ का वडा संयोजक नानुमैया गिरीले जानकारी दिनुभयो ।

नगरकोटको बास्तोला गाँउमा सञ्चालनमा रहेको १७ वटा होम स्टे मध्ये २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले ८ वटा होम स्टे सञ्चालन भइरहेको नगरकोट सामुदायिक होम स्टेका उपाध्यक्ष तथा होम स्टे एशोसियसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो । आगामी दिनमा १७ वटै होम स्टे संचालनका लागि तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

नमुना बस्तिको टोल संयोजक रुपा गजुरेलले अबका दिनहरुमा नमुना बस्तीले बनाएको आचारसंहिता अनुसार सरसफाइलाई ध्यान दिइ अर्गानिक खानेकुरामा प्राथमिकता दिने र बस्तिलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो ।

होम स्टे एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजकुमार लामिछानेले विदेशी तथा स्वेदेशी पाहुनाहरुका लागि कोठाको व्यवस्थापन गरिएको बताउँदै होम स्टे रहेका घरमा चिटिक्क परेका सफा सुत्ने कोठा, शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएकाे बताउनुभयो । खान र बस्नका लागि प्याकेज र मेनु बनाइएको छ ।

नगरकोट फेदि नमुना बस्तिको चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मेयर मिश्रले चाँगुनारायणको विकासको लागि गर्न सकिने सम्भाव्यताको विषयमा र सुधार गर्नुपर्ने पक्षहरुका विषयमा विदेशी २५ जना टोलीलाई प्रिजेन्टेसन गर्दै जानकारीसमेत दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'