साग खेलकुदकाे चाैथाे दिन, नेपालले थप्याे ६ स्वर्ण

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन बुधबार नेपालले ६ स्वर्ण पदक थपेको छ ।

काठमाडौं, ललितपुर र कास्कीमा गरी कुल १६ खेलमा आज प्रतिस्पर्धा भएकाे थियाे ।

नेपालले आज कराँते उसु, साइक्लिङलगायतका विधाबाट ६ स्वर्ण पदक थपेको हो । पछिल्लो परिणाम अनुसार नेपाल २९ स्वर्ण १४ रजत र २१ कास्यसहित दाेस्राे स्थानमा रहेको छ । भारत ३० स्वर्ण, २१ रजत र १२ कास्यसहित पहिलाे स्थानमा रहेकाे छ । श्रीलंकका ६ स्वर्ण, १९ रजत र २९ कास्यसहित तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान ५ स्वर्ण, ११ रजत र १६ कास्यसहित चौथो स्थानमा रहेकाे छ भने बंगलादेश २ स्वर्ण, ६ रजत र २१ कास्यसहित पाचौँ स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्स १ स्वर्ण, २ रजत र ३ कास्यसहित छैंठौं स्थानमा रहँदा भुटान ३ रजत र ३ कास्यसहित तालिकाको पुछारमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…