साग खेलकुदकाे चाैथाे दिन, नेपालले थप्याे ६ स्वर्ण

काठमाडाैं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को चौंथो दिन नेपाललाई ६ वटा स्वर्ण पदक थप भएका छन् । बुधबार थपिएकासहित नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ ।

तेक्वान्दोमा नेपालकी संगीता बस्यालले स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा गेरुगीको महिला ६२ केजी तौल समूहमुनि संगीताले स्वर्ण जितेकी हुन् ।

पुरुष ८७ केजीमाथिको गेरुगीमा सक्षम कार्कीले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका छन् । सक्षमले वाकर अली खानलाई २७–९ ले पराजित गरे । सक्षमले स्वर्ण जितेसँगै जारी प्रतियोगितामा नेपालको स्वर्ण संख्या २९ पुगेको छ । यसअघि बिहान भएको उसुको थाउलो नानगुनमा नेपालका दीपक हमालले स्वर्ण जितेका थिए । लगनखेलस्थित आर्मी कभर्डहलमा दीपकले १९ दशमलव ३२ अंक ल्याएर स्वर्ण जितेका हुन् ।

त्यसैगरी करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् । महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् । करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । साइक्लिङको डाउनहिलमा नेपालले दुई स्वर्ण र दुई रजत जितेको छ । जसमा पुरुषमा दुई र महिलामा दुई पदक छन् । गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात पार्यो । पुरुषमा राजेश मगरले स्वर्ण जिते । दोस्रो स्थानमा निरभ श्रेष्ठ रहे भने तेस्रो स्थान प्रचित थापामगरले हात पारे । महिलातर्फ निश्मा श्रेष्ठ पहिलो भइन । जमुना थापाले दोस्रो स्थान हासिल गरिन् । खो खोमा नेपालको महिला टिमले रजत पदक जितेको छ ।

कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७– ५ ले पराजित भयो । तर, नेपालले पहिलो पटक खो खोमा रजत जितेको हो । पुरुषतर्फ श्रीलंकालाई हराउँदै नेपालले कास्य पदक जितेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…