काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको पाँचौं साधारण सभा हुने भएको छ । संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।
संस्थाले मतदाता नामावली प्रकाशनदेखि शपथ ग्रहणसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । पाँचौं साधारण सभाले सञ्चालक समितिका लागि ७ जना निर्वाचित गर्ने जनता प्रकाशन तथा प्रसारण लिमिटेडले जनाएको छ । समितिमा एक जना महिला अनिवार्य गरिएको छ ।
उम्मेदवारका आकांक्षीहरुका लागि ५ हजार दर्ता शुल्क तोकेको कम्पनीले मंसिर २० गते दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
कम्पनीका अनुसार मतदाता नामावलीमाथि दावी विरोध तथा सुधारका लागि २१ गते बिहान १० देखिदिउँसो ३ बजे, दावी विरोध र सुधारको सूचना प्रकाशन ३ः ३० बजे र दावी गर्नेमाथि छानबिन तथा निर्णय सोही दिन ४ बजे गर्ने निर्वाचन समितिका संयोजक विश्वनाथ प्याकुरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, उम्मेदवारको दर्खास्त फारम वितरण तथा दर्ता २२ गते बिहान १० देखि २ बजे, उम्मेदवारको प्रारम्भिक नामावली सोही दिन दिउँसो ३ बजे र उम्मेदवारमाथिको उजुरी उपर छानबिन तथा निर्णय २३ गते दिउँसो १ः३० बजे गरिने कार्यतालिका रहेको छ । निर्वाचनसमितिका अनुसार २३ गते नै उम्मेदवारको नामावली पुनः प्रकाशन, २४ गते उम्मेदवारको नाम फिर्ता हुने र उम्मेदवारको अन्तिम नामावली सोही दिनको दिउँसो ३ः३० बजे प्रकाशन गरिनेछ ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेड कम्पनीको नयाँ नेतृत्वको लागि २८ गते दिउँसो ४ देखि ६ बजेसम्म मतदानको समय तोकिएको छ भने, सोही दिन मतगणना टुंग्याएर मतपरिणाम घोषणा गरिने समितिद्वारा जारी सूचनामा लेखिएको छ ।
यस्तो छ सूचना