ग्रिनहिल सिटी समाजकाे साधारण सभा सम्पन्न

काठमाडौं । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभा पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपालले ग्रिनहिल सिटी शहर भित्रको व्यवस्थित शहर भएको बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष बिश्वराज पौडेलले समग्र समाजको प्रगति विवरण राख्नुभएको थियो । विसं २०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भइरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा व्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भइरहेको व्यवस्थित कोलोनी हो । करिब ३ सय २० रोपनी जग्गामा फैलिएको ८ सयसम्म घर रहने यो कोलोनीमा हाल करिब ४ सय घर तयार भई बसोबास भइरहेको छ । बाँकी घर निर्माणधीन अवस्थामा रहेको समाजले जानकारी दिएको छ । साधारण सभामा कार्य प्रगति प्रतिवेदन, आय व्यय विवरण, भावि योजना लगायतका विभिन्न प्रस्ताबहरु पारित भएको जानकारी दिइएको छ ।

ग्रिनहिल सिटीभित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुद क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…