बालिका आमा

फाइल तस्बिर

पुष्पराज अधिकारी
हेटौंडा । मकवानपुरको विकट गाउँमा रहेका चेपाङ र तामाङ बस्तीमा अहिले पनि बालविवाह गर्ने र किशोरी हुनासाथ सुत्केरी हुनेको कमी छैन । त्यति मात्र होइन, पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने उनीहरूको बाध्यता कायमै छ ।

मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका ५, ६ कक्षामा पढ्ने अधिकांश बालिका कम उमेरमै विवाह गर्न बाध्य छन् ।

राक्सिराङ गाउँपालिका चैनपुरस्थित सुर्याेदय माविमा कक्षा १२ मा पढ्दै गरेकी सुनिता चेपाङकी अधिकांश साथीहरुले सानैमा विवाह गरिसके । उनीसँगैका अधिकांश साथीहरुले कक्षा ५–६ मा पढ्दापढ्दै भागी र मागी विवाह गरिसकेका छन् । सुनिताको साथी सुस्मिताले गाउँमै भागी विवाह गरिन् । २५ वर्ष पुगेकी सुस्मिताको जेठो छोरा उनी पढेकै विद्यालयमा पाँच कक्षामा पढ्ने उमेर हुँदा उनी दुई छोरा र एक छोरीकी आमा बनेसकेकी छिन् ।

चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी भएको बताइन्छ । विवाह गरिदिएपछि जिम्मेवारी कम हुने भएकाले चेपाङ अभिभाकहरूले छाेरीहरूकाे छिट्टै विवाह गरिदिने गरेका छन् ।

दामराङस्थित आधारभूत विद्यालयका शिक्षक विजयराज चेपाङले गरिबीकै समस्याले गाउँमा सानै उमेरमा भागेर विवाह गर्ने समस्या रहेको बताउनुभयो । केही वर्षअघि कक्षाकोठा खाली हुने गरी बालविवाह हुने गरेको भएपनि अहिले त्यस्तो अवस्थामा धेरै न्यूनीकरण भएको उहाँको भनाइ छ ।

कानुनी ज्ञानका कुरा दुर्गम क्षेत्रमा पुग्दै नपुग्ने भएकाले बालविवाहको समस्या समाधान गर्न स्थानीय सरकारलाई ठूलो चुनौती देखा परेको राक्सिराङ गाउँपालिका ७ का वडाध्यक्ष सिँहलाल चेपाङले बताउनुभयो । पछिल्लो समय दामराङमा बालविवाह पहिलाभन्दा कमी आएको उहाँको दाबी छ ।

सरकारले विवाह गर्न महिलालाई कम्तीमा २० वर्ष पुग्नुपर्ने तोकेपनि मकवानपुरका ग्रामीण क्षेत्रमा अझैपनि कम उमेरमै विवाह हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…