शनिबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत

काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

आजका एक सय समाचार यसप्रकार छन् :

१. जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा ।

२. पछिल्लो परिणाम अनुसार भारत एक सय स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा, नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा ।

३. श्रीलंका २७ स्वर्णका साथ तेस्रो, पाकिस्तान १६ स्वर्णसहित चौथो स्थानमा ।

४. बंगलादेशले पाँच स्वर्ण जित्दा माल्दिभ्स भने एक स्वर्णसहित छैठौं स्थानमा, भुटान सात कास्यसहित पदक अंक तालिकाको अन्तिममा ।

५. जनता प्रसारण तथा प्रकाशन लिमिटेडको पाँचौँ साधारण सभा काठमाडौंमा हुँदै ।

६. पाँचौं साधारणसभा मंसिर २८ गते काठमाडौंमा हुन लागेको संस्थाद्वारा जानकारी।

७. मतदाता नामावली प्रकाशनदेखि सपथ ग्रहणसम्मको कार्यतालिका सार्वजनिक ।

८. पाँचौं साधारण सभाले सञ्चालक समितिका लागि ७ जना निर्वाचित गर्ने जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा जानकारी ।

९. सरकारले सपना बाँडने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको आरोप ।

१०. सरकारले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्डलगायत वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको टिप्पणी ।

११.सरकार आफु कमजोर भई काम गर्न नसकेको दोष भने कर्मचारी प्रशासनलाई लगाएको केसीको जिकिर ।

१२. नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पस्टसँग राख्न नसकेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाइ ।

१३.सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढेको सतारुढ दल नेकपाका नेता टोपबहादुर रायमाझीको भनाइ ।

१४.सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल अगाडी बढाएको नेता रायमाझीद्वारा जानकारी ।

१५. दुई नेताको मात्र सल्लाहमा पार्टी चलाउँदा निरंकुशताको झल्को आउने पूर्व नेकपाका वरिष्ठ नेता झलनाथ खनालको भनाइ ।

१६. मोतीदेवी स्मृति केन्द्रको नवौं साधारणसभालाई सम्बोधन गर्दै नेता खनालद्वारा स्थायी कमिटी बैठक लामो समयदेखि नबसेको भन्दै असन्तुष्टि व्यक्त ।

१७. ९ करोड सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीमा वर्षको चार पटक केन्द्रीय समितिको बैठक बस्ने बताउँदै नेकपामा भने किन सम्भव भएन भन्दै खनालद्वारा प्रश्न ।

१८. मोतीदेवीले तत्कालीन कठोर राणा शासनका बेला पनि घरबाहिर निस्केर कम्युनिष्ट पार्टीको आन्दोलनमा भाग लिई साहसिक कार्य गरेको नेकपा नेता एवं मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ ।

१९. अनेक चुनौतीको सामाना गरी राजनीतिक परिवर्तन गरिए पनि आज पनि नेतृत्व वर्गमा सामन्ती सोच रहेकोले आचरणमा परिवर्तन ल्याउनु पर्नेमा शाक्यको जिकिर ।

२०. उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलद्वारा काठमाडौंको कमलादीमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको सिलन्यास ।

२१.देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने मन्त्री पोखरेलको भनाइ ।

२२. नयाँ सपनासहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने पोखरेलको विश्वास ।

२३. नेपालको आर्थिक उन्नतीको प्रमुख जग पर्यटन क्षेत्र भएकोले यस्ता संरचना निर्माण हुँदा पर्यटकको बसाई लम्बिने पर्यटमन्त्री योगेश भट्टराईको भनाइ ।

२४.टावरको निर्माणको मुख्य उद्देश्य समृद्ध नेपालको सपना पुरा गर्न सहयोग गर्नु रहेको वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलको भनाइ ।

२५. पर्यटन पवद्र्धन गर्ने उद्देस्य सहति निर्माण गर्न लागिएको टावरको निर्माण अवको १८ महिनामा सम्पन्न हुने जानकारी ।

२६. सरकारको कुनै पनि निकाय विकास र समृद्धिको बाधक नबन्ने पर्यटनमन्त्री योगेश भट्टराईको दाबी ।

२७. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले स्थगनको आदेश नदिएको पनि स्पष्ट ।

२८. निजगढ विमानस्थल राष्ट्रको आवश्यक्ता भएको भन्दै थप स्पष्ट हुन मात्र चाहेको भनाइ ।

२९. निजगढ विमानस्थलबारे स्पष्टिकरण दिन आपूm अदालतमा उपस्थित हुन समेत तयार रहेको भनाइ ।

३०. नेपाली हवाई क्षेत्रसँग सम्बन्धित विज्ञ, संघ–संगठनले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको औचित्यबारे बोल्नु पर्ने धारणा ।

३१. रुपन्देहीको बुटवलमा नविकरणीय उर्जा लगानी सम्मेलनको आयोजना ।

३२. नेट मिटरिङ प्रविधिसहितको सोलार प्रविधि जडान गर्ने र उत्पादित उर्जा उद्योग एवं व्यवासयमा लगाउने योजना अनुसार सम्मेलनको आयोजना गरिएको जानकारी ।

३३. सम्मेलनमार्फत ५ वर्षको अवधिमा १६ मेगावाट क्षमताको नविकरणीय उर्जा उत्पादन गर्ने लक्ष्यमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह ।

३४. उर्जाको क्षेत्रमा लगानी गर्न निजी क्षेत्र आएपनि जनताबाट हुने अवरोधलाई रोक्नुपर्ने प्रदेश नंम्बर ५ सरकारको भनाइ ।

सौर्य उर्जा उत्पादनका लागि उत्पादित विद्युत सरकारले खरिद गर्ने ग्यारेन्टी गरे लगानी बढ्ने निजी क्षेत्रको विश्वास ।

३५. ७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ११ औं मानवअधिकार राष्ट्रिय महाभेला हुने ।

३६.विभिन्न मानवअधिकारकर्मीहरुको संयुक्त आयोजनामा मंसिर २२ देखि २९ गते सम्म ११ महाभेला हुने जानकारी ।

एक हप्तासम्म चल्ने महामभेलामा विभिन्न कार्यक्रमहरु गरिने आयोजकको भनाइ ।

३७.पर्यटन वर्ष २०२० लाई लक्षित गरी डियरवाक कलेजका विद्यार्थीहरुद्वारा विभिन्न योजनाहरु सार्वजनिक ।

३८. बोल्ड विजनेस र बेटर प्लान्टले गरेको आयोजनामा नौं वटा कलेजका विद्यार्थीहरुले नयाँ विकासका योजनाहरु प्रस्तुत ।

३९. एपीएस, नयाँ पुस्ता, विग ड्रिम, द विजनेस लगायतका योजनाहरु प्रस्तुत गरिएको आयोजकद्वारा जानकारी ।

४०. सरकारले तलब भत्ता दिने क्रम र दुई हजारभन्दा बढीको बिल काट्ने सवालमा प्यान नम्बर अनिवार्य गरेसँगै प्यान नम्बर लिनेको संख्या बढ्यो ।

४१. पछिल्लो चार महिनाको अवधिमा मात्रै सात लाख ५५ हजार भन्दै बढीले लिए प्यान नम्बर ।

४२. कात्तिक मसान्तसम्ममा २९ लाख २७ हजार ८ सय २६ जनाले प्यान नम्बर लिएको कार्यालयद्वारा जानकारी ।

४३. चालु आर्थिक वर्षको मंसिर दोस्रोे सातसम्म प्रदेश १ सरकारलाई विपक्षी बनाएर सर्वोच्च र उच्च अदालतमा ५० मुद्दा दर्ता ।

४४. महान्यायाधिवक्ताले कार्यभार सम्हालेदेखि हालसम्म ५० मुद्दा प्रदेश सरकारविरुद्धमा परेको जानकारी ।

४५. सडक, विद्यालय व्यवस्थापन, क्रसर उद्योग, शिक्षा, कर, जग्गा, लोकमार्ग, कर्मचारी सरूवा, स्थानीय तहमा शिक्षक नियुक्ति, सार्वजानिक सरोकारका विषयमा प्रदेश सरकारविरुद्ध मुद्दा ।

४६. प्रदेश सरकारलाई विपक्षी बनाएर आर्थिक वर्ष २०७५÷०७६ मा सर्वाेच्च अदालतमा ५ वटा र उच्च अदालत विराटनगरमा ३२ वटा गरी जम्मा ३७ वटा मुद्दा भएको थियो दर्ता ।

४७. चालु आर्थिक वर्षको मंसिर पहिलो सातासम्ममा मात्रै १३ वटा मुद्दा प्रदेश सरकार विरुद्ध दर्ता भएको महान्यायाधिवक्ता चुडामणि आचार्यले बताउनुभयो ।

४८. महान्यायधिवक्ताको कार्यालयमा आवश्यक कर्मचारी नहु“दा काम गर्न कठिनाइ भइरहेको प्रदेश एकका महान्यायाधीवक्ता चुडामणि आचार्यको भनाइ ।

४९.सिमावर्ती झापाको मेची नदीमा लामो समयसम्म झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदा दुवै देशका नागरिकले सास्ती व्यहोर्नु बाध्य ।

५०. कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी र भद्रपुर–३ स्थित मेचीपारी गाउँमा निर्माणाधीन पुल अलपत्र ।

५१.चार वर्षअघि ठेक्का लागेको झोलुङ्गे पुल नबन्दा स्थानीयमा पनि निराशा ।

५२.झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी बेपत्ता भएपछि वर्षौको सपना टुटेको स्थानीयको गुनासो ।

५३.नदीमा झोलुङ्गे पुल नहुँदा दुवै देशका नागरिक डुङ्गा र अस्थायी बाँसको पुलबाट आवातजावत गर्न बाध्य ।

५४.पुल निर्माणको बोर्ड नहुँदा लागत, बजेट, इस्टिमेट, समय अवधि र जिम्मेवार निकायबारे स्थानीय जनप्रतिनिधी समेत अनविज्ञ ।

५५. राज्यले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेपनि कृषिका संयन्त्र परिचालित नहुँदा सोचेअनुरुप उपलब्धि हासिल हुन सकेन ।

५६. राज्यको लगानी र विकासका कार्यक्रम ग्रामिण तहका कृषकसम्म नपुग्दा कृषिले फड्को मार्न नसकेको टिप्पणी ।

५७. सुनसरीलगायत पछिल्लो समय फौजी किराको प्रकोपले देशका विभिन्न क्षेत्रहरुमा धानबाली, मकैबालीमा ठुलो क्षति हुँदा पनि राज्यले केही सहुलियत नदिएको कृषकहरुको गुनासो ।

५८. इलाममा पछिल्लो समय कोदो खेती लोप हुँदै ।

५९. परम्परागत बालीलाई विस्थापित गर्दै नयाँ बाली रोप्न थालिएसँगै कोदो खेती लोप हुँदै गएको कृषकहरुको भनाइ ।

६०.इलामको इभाङ टारबारीमा अहिले, अलैँची, अदुवा, कफिजस्ता बाली लगाउन थालेकाले पनि कोदो खेती लोप हुँदै ।

६१.सडक सञ्जाल बिस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको स्थानीयको ठहर ।

६२.लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जना सिरहामा पक्राउ ।

६३.पक्राउ पर्नेमा सिरहाका उमेश कुमार महरा, लहानका जिवछ कुमार साह, श्रीदेव महतो र सुनसरीका श्रवण कुमार चौधरी ।

६४.सर्लाहीको मलंगवा नगरपालिका ८ बाट लागूऔषध सहित लालबन्दीका नितेश थापा पक्राउ ।

६५.झापाको दमक नगरपालिका ६ बाट लागूऔषध खैरो हिरोइन सहित योगेश मगर पक्राउ ।

६६.आफ्नै आमाबुबालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देहिको ओमसतिया गाउँपालिका ४ का गोरख यादव पक्राउ ।

६७. पोखरा महानगरपालिका १९ लामाचौरबाट सर्टगनको गोली २ राउण्ड सहित पर्वतका होम बहादुर पुन र कास्कीका नबिन पुन पक्राउ ।

६८. काठमाडौं महानगरपालिका १६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित काजी तामाङ पक्राउ ।

६९. धनुषामा ज.११ प २९५६ नम्बरको मोटरसाइकल पुलबाट अन्दाजी ३० फिट तल खस्दा रोशन पासवान र बिजय रामको मृत्यु ।

७०. बर्दियामा भे.१ त ७१८० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री कालुराम थारुकोे मृत्यु ।

७१. खोटाङमा को.२ ह ८३४६ नम्बरको अटो दुर्घटना हुँदा टंक दाहाल खत्रीको मृत्यु ।

७२. दाङमा रा.१ त १९३८ नम्बरको ट्याक्टरमा रा.२ प ९३५० नम्बरको मोटरसाइकल ठोक्किदा रेशम वलीको मृत्यु ।

७३. काभ्रेमा ना.६ ख ९१३८ नम्बरको बसबाट खस्दा झापाका खड्ग नारायण श्रेष्ठको मृत्यु ।

७४. बाँकेमा भे.८ प ११५४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मोहमद जाविर खाँको मृत्यु ।

७५. सुर्खेतमा अन टेस्ट लेखिएको लोडरको ठक्करबाट पैदलयात्री टिकाराम घिमिरेको मृत्यु ।

७६. झापामा मे.११ प १२२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ज्ञानदेवि धिमालको मृत्यु ।

७७. काठमाडौंको पुरानो बानेश्वरस्थित कुमार श्रेष्ठको पसलमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति ।

७८. सर्लाही, हरिवनका जाकिर अंसारीको घरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

७९.अमेरिकाको फ्लोरिडास्थित सैन्य क्याम्पमा भएको गोली काण्डमा साउदी नागरिक संलग्न भएको खुलासा ।

८०. सैन्य प्रशिक्षणमा सहभागी साउदीका नागरिक नै संदिग्ध आक्रमणकारी भएको अमेरिकी सैन्य अधिकारीहरुको दाबी ।

८१. आक्रमणकारी साउदी अरेबियाका नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रहेको जानकारी ।

८२. गोली प्रहारबाट चार जनाको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएको घटनाको छानविन भइरहेको प्रहरीको भनाइ ।

८३. लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्ताको कतारको राजधानी दोहामा गर्ने तयारी ।

८४. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ ।

८५.गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको दिएका थिए प्रतिक्रिया ।

८६.भारतको उन्नाव घटनाका पीडितको दिल्लीको सफदरजंग अस्पतालमा मृत्यु ।

८७. एयर एम्बुलेन्स मार्फत् भारतको लखनउबाट उपचारका लागि दिल्लीको सपदरजंग अस्पतालमा लगिएकी पीडितको मृत्यु भएको भारतीय प्रहरीको भनाइ ।

८८. पीडितलाई जिउँदै जलाउने प्रयास गरेको अभियोगमा उत्तर प्रदेश पुलिसद्वारा पाँच जना पक्राउ ।

८९. इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा हालसम्म सात हजार प्रदर्शनकारी पक्राउ ।

९०. संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये केही व्यक्ति रिहा ।

९१. प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता क्रियाकलाप भएको देखिएको राष्ट्रसंघको प्रतिवेदन ।

९२. प्रदर्शनका क्रममा अहिलेसम्म २ सय ८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको भनाइ ।

९३. १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगिता धामीले जितिन स्वर्णपदक ।

९४. सागअन्तर्गत एथ्लेटिक्सको म्याराथन पुरुष तर्फ नेपालका किरण सिंह बोगटीलाई स्वर्ण ।

९५.दक्षिण एसियाली खेलकुदको म्याराथन महिलातर्फ पुष्पा भण्डारी रजत पदक जित्न सफल ।

९६. (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्दै नेपाल फाइनल नजिक ।

९७. महिला क्रिकेटमा नेपालले जित्यो काश्य पदक ।

९८. अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालको माल्दिभ्समाथि १० विकेटको जित ।

९९. चितवनको नारायणगढमा सञ्चालित स्वर्गीय जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि हनामी एभरेष्ट क्लब भरतपुरलाई ।

१००. एभरेष्टद्वारा मकवानपुर महिला टिम टाइब्रेकरमा पराजित ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…