आइमाई भन्दा अधिकारवादी महिला किन उफ्रिन्छन् ?

एक जना विद्धानको फेसबुक स्टाटस् मैले पढ्न पाएकी थिएँ । उहाँले लेख्नुभएकाे छ- ‘कुन दिन यी डलरवादी महिलाहरूले आमा शब्दले महिलाहरूको अपमान गर्याे । यसको साटो ‘मम्मी’ वा ‘मम’ मात्रै भन्नुपर्छ, भन्ने छन् । यिनीहरू असल नेपाली संस्कार सिध्याउन लागेका छन् । सावधान यी नेपाली भेषका विदेशी दलालबाट ।’

अतिक्रमण, भूगोलमा मात्र होइन भाषा र संस्कृतिमा पनि हुन्छ । भूगोलको अतिक्रमण जति खतरनाक हुन्छ, भाषा र संस्कृतिको अतिक्रमण त्यो भन्दा बढी खतरनाक हुन्छ । भूगोलमाथिको अतिक्रमण आफू सक्षम हुँदा फिर्ता गर्न सकिन्छ भने भाषा र संस्कृतिमाथिको अतिक्रमण कुनै हालतमा फिर्ता गर्न सकिँदैन । यसमाथि एकपटक भएपछि फर्काउन निकै चुनौतिपूर्ण हुन्छ । उदाहरणका लागि हामी नेपाली वैदिक सनातनी हौं, तर हाम्रो यतिबेलाको पहिचान हिन्दूका रुपमा भएको छ । अब साविककै वैदिक सनातनीका रुपमा परिचित हुन हामी नेपालीलाई सम्भव छैन । किनकी विद्यमान समयमा नेपालको नाम हिन्दूराज्यका रुपमा राख्नुपर्ने माग उठिरहेको छ र यसको समर्थन गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

वास्तवमा हिन्दू भनेको कुनै धर्मको नाम नभएर निश्चित भूगोलमा बस्नेहरुको नाम हो । अर्थात नेपाल उपत्यकामा बस्नेहरुलाई नेपाली भनिएजस्तै प्राचिन समयमा सिन्धु उपत्यकामा बस्नेहरुलाई हिन्दू भन्न थालियो । त्यतिबेला सिन्धु नदी भन्दा पश्चिममा बोलिने फारसी भाषामा ‘ष’ को उच्चारण ‘ह’ गरिन्थ्यो । त्यसैले त्यो बेला सिन्धु नदी पूर्वका बासिन्दालाई फारसीहरुले हिन्दू भन्न थाले । केही शताब्दीको अन्तरालमा भारतका सुम्पूर्ण बासिन्दालाई हिन्दू र उनीहरुले बोल्ने मुख्य भाषालाई हिन्दी भन्न थालियो । भारतको सट्टा हिन्दूस्थान भन्न थालियो । हुँदा हुँदा उनीहरुले मानिआएको धर्म तथा संस्कृतिलाई पनि हिन्दू भन्न थालियो । पहिले मुसलमान र त्यसपछि इसाइहरुले ओढाइदिएको ‘हिन्दू’ पगरी भारतीयहरुले सहजै ग्रहण गरे । तर कालान्तरमा त्यसको बाछिटा विस्तारै नेपालसम्म पुग्यो । राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई हिन्दुस्थानको समर्थन दिलाउने नियतका साथ नेपाललाई हिन्दू अधिराज्य नामाकरण गरिदिएको पाइन्छ । नेपालीहरुलाई आफूले मानिआएको धर्म वैदिक सनातन लेख्न दिइएन । जबरजस्ती हिन्दू लेख्न बाध्य बनाइयो । लामो समयसम्म एउटै अभ्यास भइसकेपछि त्यसलाई त्याग्न गाह्रो हुँदो रहेछ । त्यतिबेला हिन्दू लेख्न बाध्य बनाइएका हामी नेपालीहरु यतिबेला वैदिक सनातनी अर्थात आफ्नो वास्तविक पहिचान खुलाउन हच्किएका छौं । हिन्दूका रुपमै आफूलाई चिनाउन गौरव गर्ने अवस्थामा पुगिसकेका छौं ।

राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई हिन्दुस्थानको समर्थन दिलाउने नियतका साथ नेपाललाई हिन्दू अधिराज्य नामाकरण गरिदिएको पाइन्छ । नेपालीहरुलाई आफूले मानिआएको धर्म वैदिक सनातन लेख्न दिइएन । जबरजस्ती हिन्दू लेख्न बाध्य बनाइयो । लामो समयसम्म एउटै अभ्यास भइसकेपछि त्यसलाई त्याग्न गाह्रो हुँदो रहेछ । त्यतिबेला हिन्दू लेख्न बाध्य बनाइएका हामी नेपालीहरु यतिबेला वैदिक सनातनी अर्थात आफ्नो वास्तविक पहिचान खुलाउन हच्किएका छौं । हिन्दूका रुपमै आफूलाई चिनाउन गौरव गर्ने अवस्थामा पुगिसकेका छौं ।

हाम्रा जुन धार्मिक तथा पौराणिक ग्रन्थ छन्, ती ग्रन्थमा हिन्दू भन्ने शब्द कहीँ कतै उल्लेख छैन् । हाम्रा धार्मिक तथा पौराणिक ग्रन्थहरु संस्कृत भाषामा लेखिएका छन् तर संस्कृत भाषाले हिन्दू भन्ने शब्दलाई चिन्दैन् । र पनि भनिरहेका छौं–‘हामी हिन्दू हौं ।’ हाम्रो पहिचानमाथि भएको अतिक्रमण भनेको वास्तवमा यही हो । वास्तवमा कालापानी अतिक्रमण भन्दा पनि दुखदायी यो हो, हाम्रो पहिचानमाथिको यस्तो अतिक्रमण ।

त्यसो त हाम्रा धेरै धार्मिक चाडपर्व एवं संस्कृति अतिक्रमणमा परिसकेका छन्। उदाहरणका लागि हामीले वडादशैं बिर्सेर विजया दशमी भन्न थालेका छौं । तिहार बिर्सेर दिपावली भन्न थालेका छौं । हाम्रो आफ्नै मौलिक संवत् नेपाल संवतलाई हामीले धार्मिक क्रियाकलापका तिथीमा मात्रै सिमित राखेर विदेशबाट विक्रम सम्बत र इस्वी सम्बतलाई टपक्क टिपेर मनाउन थालेका छौं । हाम्रो नेपाल संवत् अब धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पनि रहँदैन कि जस्तो देखिएको छ । उदाहरणका लागि जन्म दिवसलाई नै लिउँ । ‘वर्थ डे’ भन्दै हामी विक्रम सम्बत र इस्वी सम्बत मितिमा जन्म दिवस मनाउन थालेका छौं । यसरी नै अतिक्रमण बढ्दै गयो भने भोलि हामीले पितृ श्राद्ध पनि नेपाल सम्बतको तिथिलाई विर्सेर विक्रम तथा इस्वी संवत्को मितिमा गर्न बेर छैन ।

संस्कृत भाषा लोप गराएर हामीले धेरै कुरा गुमाएका हौं । संस्कृत भाषाको वैदिक सनातन शब्दलाई त्याग्दै फारसी भाषाको हिन्दू शब्दलाई भारतीयहरुले अँगाल्नुको निश्चित कारण छ । त्यो कारण हो, संस्कृत भाषा लोप हुनु । नेपालको सन्दर्भमा संस्कृत भाषा जनजिब्रोमा लोप भएपनि ब्रह्मणहरुले आफ्नो कर्मकाण्डी पेशालाई जोगाउन भएपनि निरन्तरता दिइरहेका थिए । कम्तीमा पनि संस्कृतको एउटा विषय सरकारी शिक्षाको निमावी तहमा अनिवार्य गरिएको थियो । संस्कृत पढ्नेहरुले नेपाली भाषालाई जिवन्तता दिँदै आएका थिए तर माओवादी ‘ जनयुद्ध’ का नाममा संस्कृत पढ्ने बटुकहरुको टुप्पी काट्ने अभियान सुरु गरियो । संस्कृतका पाठ्य पुस्तक जलाउन थालियो । पाणिनी संस्कृत मावि लमजुङका प्रधानाध्यानपक मुक्तिनाथ अधिकारीलाई त झन जिउँदै रुखमा बाँधेर घाँटी रेटि हत्या नै गरियो । आवरण माओवादीको भएपनि हाम्रो भाषा र संस्कृतिमाथि शत्रुहरुले गरेको विभत्स हमला थियो यो । यो हमला करिव दश वर्ष चल्यो ।

त्यतिबेलाका हमलाकारीहरु नै यतिबेला दुई तिहाई बहुमतका साथ सरकारमा छन् । आज भने उनीहरुको होस् खुलेको हो कि, जस्तो देखिन्छ । उदाहरणका लागि संस्कृत भाषाका पुस्तकहरु जलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको भनाईलाई लिन सकिन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय वर्षमा प्रवेश गरेको समारोहमा बोल्दै उपराष्ट्रपति पुनले भनेका थिए – ‘नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको छ । यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्छ । राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको छ । नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएझैँ अंग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।’ तर विडम्बना समय बितिसकेपछि पछुताएर के गर्नु ?

संस्कृत पढ्नेहरुले नेपाली भाषालाई जिवन्तता दिँदै आएका थिए तर माओवादी ‘ जनयुद्ध’ का नाममा संस्कृत पढ्ने बटुकहरुको टुप्पी काट्ने अभियान सुरु गरियो । संस्कृतका पाठ्य पुस्तक जलाउन थालियो । पाणिनी संस्कृत मावि लमजुङका प्रधानाध्यानपक मुक्तिनाथ अधिकारीलाई त झन जिउँदै रुखमा बाँधेर घाँटी रेटि हत्या नै गरियो । आवरण माओवादीको भएपनि हाम्रो भाषा र संस्कृतिमाथि शत्रुहरुले गरेको विभत्स हमला थियो यो । यो हमला करिव दश वर्ष चल्यो ।

संस्कृत र सभ्यताको इतिहास हेर्दा विश्वमा जिवित पुराना सभ्यताहरु मध्य पूर्वीय दर्शनबाट प्रभावित नेपाली सभ्यता प्रमुख हो । तर विभिन्न नाममा हाम्रो सभ्यतामाथी हमला भइरहेको छ । हामी मौन मात्र छैनौ बरु त्यसैमा रमाइरहेका छौं । हामीलाई यस्तो लागिरहेको छ की, हामी सबैभन्दा ठुला क्रान्तिकारी बनिरहेका छौं । हामी सबैभन्दा ठुला आधुनिकतावादी बन्दैछौं । हामीले आधुनिकताको खोल ओढ्दै गर्दा यो बिर्सिनु हुँदैन की, पश्चिमले कसरी विकास गर्यो ? आफ्ना धर्म, संस्कृती र सभ्यताको जगमा उभिएर नै पश्चिमको विकास सम्भव भएको हो । पश्चिमीकरणलाई गर्वका साथ आत्मसात गरिनु आफ्नो अस्तित्व निमिट्यान्न पार्नु हो ।

उनिहरुले पृथ्वी चेप्टो छ भनेर भन्दै गर्दा हाम्रा पुर्वजहरु पृथ्वी एक पिण्ड हो, नौ ग्रह छ भन्ने ठाउँमा थिए । हाम्रा पुर्वजहरु एस्ट्रोलजीका ज्ञाता थिए भन्ने कुरा यसैबाट प्रमाणित पनि हुन्छ । हाम्रो सभ्यता अनि संस्कृति धेरै वैज्ञानिक रहेको, कहिले पनि अन्धभक्त नभएको र जहिले पनि अनुसन्धान तथा सोधखोजमा आधारित रहेको देखिन्छ । तर हामीले त्यसलाइ निरन्तरता दिन सकेनौं । त्यो नै हाम्रो सबै भन्दा ठूलो दुर्भाग्य हुन पुग्यो ।

जनयुद्धको नाममा संस्कृत भाषालाई विस्थापित गर्ने प्रयासमा पश्चिमाहरुको हात छ भन्ने कुरामा कुनै सन्देह छैन्। कुनै समय अंग्रेजी, नेपाली गणितजस्तै विद्यालयमा अनिवार्य रूपमा पढाइ हुने संस्कृत अहिले कहाँ पढ्न पाइन्छ ? भनेर खोज्दै हिँड्नुपर्ने अवस्था छ । नेपालमा मात्र होइन, विश्वव्यापि रुपमा सबै मौलिक सभ्यता र संस्कृतिमाथी पश्चिमाहरुको नियन्त्रण छ । उनीहरु कुनै पनि राज्यलाई आफ्नो नियन्त्रणमा लिनका लागि युद्धनीति मात्र प्रयोग हुदैन, जहाँ युद्ध नीति प्रयोग गर्दैनन्, त्यहाँ कुटनीति पनि प्रयोग हुने गरेको छ । आज संसार पश्चिमी कुटनीतीको परिबन्धमा बाँधिएको छ । त्यो परिवन्धबाट नेपाल उम्कने त सम्भव नै भएन । कुनै राज्य, ठाउँ वा मानिसको फरक परिचय उसको विचार, संस्कृति, धर्म, भाषा अनि सभ्यताको आधारमा हुन्छ । जब कुनै राष्ट्रका भाषा, धर्म, संस्कृति अनि सभ्यतामाथी अतिक्रमण गर्न सकिन्छ तब त्यो देश तहस–नहस हुनु स्वभाविकै हुन्छ । हामी नेपालीहरु जानी नजानी लहडैमा आफ्नो भाषा, धर्म र संस्कृतिमाथीको हस्तक्षेपलाई आधुनिकताको परिभाषा दिँदै गर्व महसुस गरिहन्छौं । पश्चिमाहरुको भन्दा हाम्रो फरक अस्तित्व छ । यति मात्रै होइन भारतको भन्दा पनि हाम्रो भाषा, धर्म र संस्कृतिको समेत भिन्नै अस्तित्व छ । हाम्रो यसप्रकारको फरक अस्तित्वलाई निम्ट्यान्न पार्न कतै हामी आफै त लागिरहेका छैनौं। गम्भीर बन्नुपर्ने बेला आइसकेको छ ।

नेपालमा मात्र होइन, विश्वव्यापि रुपमा सबै मौलिक सभ्यता र संस्कृतिमाथी पश्चिमाहरुको नियन्त्रण छ । उनीहरु कुनै पनि राज्यलाई आफ्नो नियन्त्रणमा लिनका लागि युद्धनीति मात्र प्रयोग हुदैन, जहाँ युद्ध नीति प्रयोग गर्दैनन्, त्यहाँ कुटनीति पनि प्रयोग हुने गरेको छ । आज संसार पश्चिमी कुटनीतीको परिबन्धमा बाँधिएको छ । त्यो परिवन्धबाट नेपाल उम्कने त सम्भव नै भएन । कुनै राज्य, ठाउँ वा मानिसको फरक परिचय उसको विचार, संस्कृति, धर्म, भाषा अनि सभ्यताको आधारमा हुन्छ ।

हाम्रो भाषा दोहोरो चपेटामा छ, एकातर्फ अंग्रेजीकरणको र अर्को तर्फ हिन्दीको । नेपालमा भारतीय हिन्दी टेलिभिजन च्यानलहरुको विगविगी छ । भारतीय फिल्महरुको विगविगी छ । हामी नेपाली छाडेर हिन्दी टेलिभिजन तथा सिनेमा हेर्न गौरव गछौं । हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

विदेशीहरुको डलरमा हामीले कति सम्म खराब संस्कृति अवलम्बन गरेका रहेछौं ? एउटा उदाहरण लिउँ । हिजोआज आइमाई भन्यो भने अधिकारवादी महिलाहरु तीन वित्ता उफ्रन्छन्, उनीहरुलाई ‘म्याडम’ भनिदिनु पर्यो रे । हुन त अधिकारवादी मात्रै होइन, जो सुकै महिलाहरु पनि आइमाई भन्दा रिसाँउछन् । ‘म्याडम’ भन्दा खुसी हुन्छन् । वास्तबमा संस्कृति भाषाको शव्द ‘आर्यामाता’ बाट अपभ्रंश भइ ‘आइमाई’ बनेको रहेछ । आर्यामाताको अर्थ हुन्छ– ‘देवीतुल्य आमा ।’

अन्त्यमा  माथि उल्लेखित  विषयहरूसँग सम्बन्धित रहेकाे  एक जना विद्धानको फेसबुक स्टाटस् मैले पढ्न पाएकी थिएँ । उहाँले लेख्नुभएकाे छ- ‘कुन दिन यी डलरवादी महिलाहरूले आमा शब्दले महिलाहरूको अपमान ग¥यो, यसको साटो ‘मम्मी’ वा ‘मम’ मात्रै भन्नुपर्छ , भन्ने छन् । यिनीहरू असल नेपाली संस्कार सिध्याउन लागेका छन् । सावधान यी नेपाली भेषका विदेशी दलालबाट ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…