बाध्यताले याैन पेशा गरेर काठमाडाैंमा घर

उमा अधिकारी
काठमाडाैं । दशवर्षे जनयुद्ध कालमा धेरैको परिवारहरु विचल्लीमा परेका थिए । कतिले आफ्नो श्रीमान गुमाए भने कतिले परिवार नै गुमाए । जसको पीडामा मल्हम लगाउन सरकार अझै पनि चुकिरहेको छ । जनयुद्धको समयमा कति चेलिहरु बाल्यकालमै बलात्कारको शिकार बन्न पुगे । जनयुद्धको समयमा बलात्कारको शिकार भएकी हरिमाया (नाम परिवर्तन) को बुबालाई जवरजस्ती विद्रोही पक्षले लग्यो र अपांग बनाएर घर फिर्ता गर्यो । बुबालाई अपांग बनाएर छोड्नुसम्म त ठिकै थियो तर ६ कक्षाम अध्ययन गर्ने हरिमायालाई उनीहरले जबरजस्ती लिएर गए । त्यतिबेला उनको उमेर मात्र १३ वर्ष थियो ।

हरिमाया भन्छिन्, ‘१३ वर्षकै उमेरमा म बलात्कारमा परेको रहेछु, बलात्कारमा परेको गाउँलेहरुले थाहा पाएपछि मलाई र मेरो परिवारलाई नराम्रो नजरले हेर्न थाले । मसँग हिड्ने साथीहरुमा बिस्तारै छुट्दै गए, मैले पढाई पनि छोड्नु पर्यो ।’ त्यसपछि उनको दैनिक एक्लै वित्न थाल्यो । यतिसम्म त ठिकै थियो तर गाउँलेहरुले उनी र उनको परिवारसमेतलाई गाउँ निकाला गरे । अपांग बुबा, बिरामी आमा र बहिनीलाईलाई लिएर हरिमाया गाउँबाटै बाहिर गइन् ।

एउटा सानो झुपडीमा आमा, बुबा र बहिनीलाई राखेर हरिमाया गिट्टी कुट्ने काम गर्न थालिन् तर साहुले समयमा पारिश्रमिक नदिने र यौन शाेसन गर्न थालेको उनी बताउँछिन् । परिवार पाल्नका लागि जसले जे भन्यो त्यही गर्नुपर्ने बाध्यता उनीमा थियो । पारिवारिक दायित्व पुरा गर्न उनले थाहै नपाई यौन पेशामा लाग्नु परेको उनको गुनासो छ । बाध्यताले बनाएको पेशा अहिले दैनिक खुशी दिने पेशा बनेकोमा कुनै गुनासो नभएको र यसैमा रमाइरहेको उनको भनाइ छ ।

‘अहिले पनि मैले महिनामा १५ हजारको औषधि किनेर आमाबुबाको उपचार गरिरहनु परेको छ, यही पेशा गरेर काठमाडौंमा घर किनेर बुबाआमालाई राखेकाे छु ।’ हरिमाया भन्छिन्, ‘पैसासँग दाँजेर यौन पेशालाई स्वीकार गरेकी छु ।’

हरिमाया यस्तो पेशामा समर्पित एक प्रतिनिधि पात्र मात्र हुन् । यौन पेशामा लाग्ने हजारौं दिदीबहिनीहरु बाध्यताले यसैमा समर्पित छन् । एक तथ्यांक अनुसार काठमाडाैं यौन पेशामा लाग्ने करिब ५६ हजार महिलाहरु रहेका छन् । यस पेशामा लाग्ने महिलालाई समाजले हेर्ने दृष्ट्रिकोण नै फरक हुने र उनीहरु पनि खुलेर समाजमा कुनै कुरा राख्न नसक्ने अवस्थामा रहेका छन् ।

महिलाको समस्या महिलाले नै बुझ्नुपर्ने र हरेक कामलाई सम्मान गरेजस्तै बाध्यताले गर्नुपरेकाे याैन पेशालाई पनि सम्मान गर्नुपर्ने हरिमाया बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…