काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले सडकमै छुटे जुत्ता शीर्षकमा कोहलपुर घटनाबारे मुख्य समाचार बनाएको छ भने गोरखापत्रले गौरिकालाई एकै संस्करणमा तीन स्वर्ण शीर्षकको समाचालाई प्राथमिकता दिएको छ ।
शनिबार जनता समाचार डट कम मा सागको फाइनलमा नेपालका दुई खेलाडी, चामुण्डा विन्द्रासैनीका ४ हजार विद्यार्थीलाई जापानी झोला उपहार, राप्तीमा र्याफ्टिङ्ग, मन्त्रालयका सचिव आफै लिन्छन्, चालक र निजी सचिवको सुविधा, ट्रकले बालिकालाई ठक्कर दिँदा स्थिति तनावग्रस्त र चामुण्डा विन्द्रासैनीका ४ हजार विद्यार्थीलाई जापानी झोला उपहारलगायतका विषयमा प्रमुख समाचार प्रकाशन गरिए ।
गोरखापत्र दैनिक ले प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर संगठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याृनुभएको समाचारलाई प्रमुख समाचार बनाएको छ ।
सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दिनुभएको सन्देशमा प्रधानमन्त्रीले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकांक्षा पूरा गर्न संगठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेकोसमेत बताउनुभएको छ ।
दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय संगठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै सार्कलाई पुनर्जीवन दिनुपर्ने उल्लेख गर्नुभएको छ । गोरखापत्रले भ्रष्टाचारविरुद्द बढ्दै अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए शीर्षकमासमेत प्रमुख समाचार सम्प्रेषण गरेको छ ।
नागरिक दैनिकले ‘प्रहरीको गोलीले २० घाइते, कोहलपुरमा कफ्यू शीर्षकमा समाचार छापेको छ ।समाचारका अनुसार ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले आन्दोलनकारी विद्यार्थी र स्थानीय बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएको छ । गोली प्रहारबाट स्थानीय र विद्यार्थी गरी २० भन्दा बढी घाइते भएका छन् । स्थानीय र विद्यार्थी आक्रोशित भएपछि प्रशासनले कफ्यू जारी गरेको छ । यस्तै सीमा विवाद सुल्झाउन कूटनीतिक पहल सुस्त शीर्षकमा समाचारपनि छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘दाहालका ६ महिने कार्ययोजना’ शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी कामको ६ महिने रुपरेखा तयार पार्नुभएको छ । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उहाँको तयारी छ । उहाँले यसका लागि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाइरहनुभएको थियो ।यस्तै, कलिला गोडामाथि जब ट्रक गुड्यो शीर्षकमा समाचार पनि प्रकाशित गरेको छ ।