काभ्रेमा बढ्दै घरेलु हिंसा

सुरज श्रेष्ठ
काभ्रे । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सोमबार १५औँ दिन । यस अभियानमा देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहँदा काभ्रेमा पनि लैंगिक हिंसाविरुद्धको अभियानमा गाउँदेखि नगरसम्मै कार्यक्रमहरु भइरहेका छन् । अभियान स्वरुप विभिन्न कार्यक्रमहरु भइरहदाँ पनि थुप्रै घटनाहरु कथा र पात्रमा मात्र सिमित छन् । अझै पनि थुप्रै घटनाहरु बाहिर आउन सकेका छैनन् ।

काभ्रे जिल्लामा प्रमुख समस्याको रुपमा घरेलु हिंसा रहेको छ । आर्थिक वर्ष २०७२/७३मा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा घरेलु हिंसाका २५१ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये २ सयको मिलापत्र भइसकेको छ भने बाँकी ५१ वटाको अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन । त्यस्तै आ.व २०७३/७४मा २५३ वटा घरेलु हिंसाका मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये १ सय ८८ वटाको मिलापत्र भइसकेको छ भने ३३ वटा मुद्दा अदालतमा पठाइएको र बाँकी ३२ वटा मुद्दाको अझै छिनोफानो नभएको पाइएको छ ।

घरेलु हिंसा अन्तर्गत नै आ.व २०७४/७५मा २३० वटा मुद्दा दर्ता भएका थिए जसमध्ये १ सय १५ वटा प्रहरी कार्यालयबाट मिलापत्र भइसकेको, २० वटा अदालतमा गएको र ९५ वटा मुद्दा सम्पर्कमा नै आएका छैनन् ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६मा कार्यालयमा घरेलु हिंसा अन्तर्गत २ सय ३४ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये १ सय १७ मुद्दा प्रहरी कार्यालयबाट मिलापत्र भएको, १५ वटा आदलतमा गएको र ९३ वटा मुद्दा सम्पर्कमा नआएको कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । कार्यालयको महिला सेलका अनुसार आर्थिक वर्ष २०७६/०७७ कात्तिकसम्मको तथ्याङ्कमा ८४ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका थिए । जसअन्तर्गत ४६ वटा प्रहरी कार्यालयबाट मिलापत्र भएको, ७ वटा अदालतमा गएको छ । उल्लेखीत सङ्ख्या भन्दाबढी हिंसाहरु दैनिक रुपमा भइरहेका छन् । तर आफ्नो र परिवारको इज्जत र भविष्यमा असर पुग्ने डरले पनि धेरै हिंसाका विषय बाहिर आउँदैनन् ।

काभ्रे जिल्ला प्रहरी कार्यालय महिला सेलबाट प्राप्त जानकारी अनुसार तुलनात्मक रुपमा काभ्रे जिल्लामा लैंगिक हिंसा बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन वटा , २०७३/७४मा छ वटा, २०७४/७५मा सात वटा, ०७५/०७६ मा तीन वटा र ०७६/०७७ कात्तिक सम्ममा दुई वटा कर्तव्य ज्यानको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यस्तै ज्यान मार्ने उद्योगमा आ.व २०७४/७५मा मात्र तीन वटा, २०७५/०७६मा एक वटा मुद्दा दर्ता भएका थिए ।

बढ्दै जबरजस्ती करणीका घटना
काभ्रेमा लैंगिक हिंसा अन्तर्गत जबरजस्ती करणी प्रमुख समस्याको रुपमा देखिएको छ । जुन तुलनात्मक रुपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आ.व २०७२/७३ मा १६ वटा जबरजस्ती करणीको मुद्दा आ.व २०७३/७४मा बढेर १९ पुगेको थियो भने आ.व २०७४/०७५मा पनि जबरजस्ती करणीको मुद्दा बढेको नै देखिएको छ । २०७४/०७५ मा जबरजस्ती करणीका २५ वटा मद्दा दर्ता भएका थिए । आ.व २०७५/७६मा ३६ मध्ये आठ वटा बाल यौन दुरुपयोग र २०७६/०७७ कात्तिकसम्म १७ वटामध्ये एक बाल यौन दुरुपयोगका मुद्दा कार्यालयमा दर्ता भएका थिए ।

त्यस्तै जबरजस्ती करणी उद्योग अन्तर्गत आ.व २०७२ / ७३ मा १० वटा, २०७३/७४ मा ११ र २०७४/०७५ मा १५ वटा मुद्दा दर्ता भएका छन् । बहुविवाह पनि समाजको एउटा प्रमुख समस्याको रुपमा नै रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा भएको तथ्याङ्क अनुसार आ.व २०७२/७३मा १४, २०७३/७४ मा १५, २०७४/०७५मा २२, २०७५/०७६मा २१ र २०७६/०७७ कात्तिकसम्ममा १२ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…