‘नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक’

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो ।

सोहि कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमै सबैभन्दा सफल वर्ष भएको उल्लेख गर्नुभयो । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको घिमिरेको भनाई छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ सय ५१ वटा मुद्दा दार्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उहाँले प्रष्ट पार्नुभयो । चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्दा दर्ता भएको घिमिरेले जानकारी दिनुभयो ।

देश संघिय संरचनामा गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयुक्त घिमिरेले अहिले १५ सयभन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताउनुभएको छ । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रित हुने उहाँले जानकारी गराउनुभयो ।

कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उहाँले उल्लेख गर्नुभयो । आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ । भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्नसमेत आयोगको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…