Logo मंसिर ९, २०७७ मंगलबार


जनवरीदेखि नारायणी नदीमा पानीजहाज सञ्चालन हुने

काठमाडाैं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट मात्रै नारायणी नदीमा पानी जहाज सञ्चालनमा आउने भएको छ ।

दशैँबाट सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाइएको रिभर क्रुज शीपको स्वरुपमा परिवर्तन गर्दा सञ्चालनमा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिको १५ करोड रुपैयाँको लगानीमा दुई सय ५० जना क्षमताको रिभर क्रुज शीप सञ्चालनको अन्तिम तयारीमा पुगिएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । अर्कोसाता शीपको परीक्षण पश्चात अङ्ग्रेजी नयाँ वर्षको दिनमा उद्घाटन गरेर नियमित सञ्चालनमा ल्याइने कँडेलले बताउनुभयो ।

कम्पनीले पानी जहाज कार्यालयबाट ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ । कम्पनीले पर्यटकीयस्थल गोलाघाटदेखि पवित्र धार्मिक तीर्थस्थल देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।