भ्रमण वर्ष सफल बनाउन सक्रिय सहयाेगकाे प्रतिवद्धता

काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिवद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन गर्नुभएको सहयोगको प्रतिवद्धता जनाउँदै वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिवद्धता जनाएका हुन् ।

सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’ का पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिवद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारीको विषयमा जानकारी दिदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राख्नुभएको थियो । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गर्नुभएको थियो । यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गर्नुभएको थियो ।

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिवद्धता जनाउनुभयो । उहाँले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको बिषयमा सुझाव समेत राख्नुभएको थियो । उहाँले नेपाल भ्रमण वर्ष–२०२०को अवधीभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राख्नुभएको थियो ।

यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्त्तरोन्नतीको लागि अनुरोध गर्नुभयो । छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालिका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने बताउनुभएको थियो ।

विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसको विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष २०२०को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएका छ । छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२०को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो एकसाता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफललाई तीव्र बनाउनुभएको छ । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफल गर्नुभएको थियो । यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गर्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…