साेमबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत

काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

आजका एक सय समाचार यसप्रकार छन् :

१. जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नबौ दिन सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा ।

२. पछिल्लो परिणाम अनुसार भारत एक सय अन्ठाउन्न स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा, नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा ।

३.श्रीलंका ३३ स्वर्णका साथ तेस्रो, पाकिस्तान २५ स्वर्णसहित चौथो स्थानमा ।

४.बंगलादेशले १३ स्वर्ण जित्दा माल्दिभ्स भने एक स्वर्णसहित छैठौं स्थानमा, भुटान ३ रजत पदक सहित पदक अंक तालिकाको अन्तिममा

५.डिसेम्बर ९ तारिख अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो ।

६.जुनसुकै ओहोदाको व्यक्ति भएपनि भ्रष्टाचार गर्नेलाइ छुट नदिने उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रतिवद्धता ।

७.राजनीतिको संरक्षणमा भैष्ट्रचारजन्य कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह ।

८.आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवसले सार्थकता पाउने पोखरेलको भनाइ ।

९.आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ सदस्यको पद रिक्त हदै , रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गर्यो छलफल ।

१०.सदस्यहरुको पदावधि सकिन भन्दा ३५ दिन अघि नै नतिजा बुझाउनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था, माघ १५ गतेभित्र नतिजा बुझाउनुपर्ने ।

११.१८ सदस्यको लागि निर्वाचन गर्नुपर्नै र एक सदस्य भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गर्ने आयोगको भनाइ ।

१२.सरकारले छिट्टै मिति तोक्ने र प्रकृया पुरा गरी निर्वाचन गराउन आयोगलाइ पूर्ण सहयोग रहने परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको भनाइ ।

१३.राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने ।

१४.नेपाल विद्यार्थी संघद्धारा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपूलेक, कालापानी सहित नेपालको नक्सा बनाउने अभियान शुरु ।

१५.‘चिनौँ सिमाना, जोगाऔँ माटो’ नाराका साथ नक्सा बनाउने अभियानमा स्कूल र कलेजका विद्यार्थीको सहभागिता ।

१६.भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण विरुद्ध नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले गर्यो प्रदर्शन ।

१७.चितवनको भरतपुरमा सीमा अतिक्रमणको विरोध तथा असमान सन्धि सम्झौता खारेज गर्न माग गर्दै गरेको हो प्रदर्शन ।

१८.नेपाली सीमामाथि ज्यादती तथा अतिक्रमणको सपना नदेख्न भारतलाई बिद्यार्थीहरुको चेतावनी ।

१९.औपनिवेशिक शिक्षा विरुद्ध वैज्ञानिक समाजवादी शिक्षा लागू गर्ने उद्धेश्यका साथ मुलुकभर अभियान नै सञ्चालन गरिने विद्यार्थी नेताहरुको भनाइ ।

२०. कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ३४ वटा उजुरी दर्ता भएपनि कुनैपनि उजुरीमाथि छलफल नै हुन सकेन ।

२१.सांसद महेश बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको समिति सभापति पूर्णकुमारी सुवेदीको भनाइ ।

२२ समितिको आन्तरीक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सिँचाईलाई प्राथमिकता दिएर छलफल अगाडि बढाउनुपर्ने सांसदहरुको सुझाब ।

२३. किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले दिए जोड ।

२४.सरकारी अस्पतालको गुणस्तर वृद्धिका लागि प्रतिवद्ध रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ ।

२५.आर्थिक अभावकै कारण कुनै बिरामीले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता ।

२६.स्वास्थ्य सेवामा कर्मचारी समायोजन प्रक्रिया छिट्टै टुंगिने साथै स्वास्थ्य क्षेत्रमा कुनैपनि अनियमितता टिक्न नदिने मन्त्री ढकालको तर्क ।

२७.संसदीय समिति कानुन, न्याय तथा मानवअधिकार समितिद्धारा मृत्युकालीन घोषणालाई प्रमाणको रुपमा लिन सकिने व्यवस्थासहित प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाण (दोश्रो संशोधन) विधेयक २०७५ लाई परिस्कृत गर्दै सर्वसम्मतिले पारित ।

२८.श्रव्यदृश्य माध्यम (भिडियो कन्फरेन्स) मार्फत विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरुलाई प्रमाणको रुपम लिन सकिने व्यवस्था ।

२९.नारायणी नदीमा नेपाल भ्रमण वर्ष २०२० बाट मात्रै पानी जहाज सञ्चालनमा आउने ।

३०.रिभर क्रुज शीपको स्वरुपमा परिवर्तन गर्दा सञ्चालनमा ढिलाई भएको निर्माण कम्पनीद्धारा जानकारी ।

३१.१५ करोडको लगानीमा दुई सय ५० जना क्षमताको रिभर क्रुज शीप आगामी साता परिक्षण गरिने ।

३२.अङ्ग्रेजी नयाँ वर्षको दिनबाट नियमित सञ्चालनमा ल्याइने दावी गरियको क्रुजले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालन गर्न पाएको छ अनुमति ।

पर्यटकीयस्थल गोलाघाटदेखि पवित्र धार्मिक तीर्थस्थल देवघाटसम्मको दुरीमा जहाज सञ्चालन हुने ।

३३. बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ बोहोराफाँट, भुल्केपानी र घट्टेकुलोमा पहिलो पटक बस पुग्यो ।

३४.गाँउ टोलमा बस गुडेपछि स्थानीय हर्षित, यातायातको विकासले विगतका दुःखलाई बिर्साउँदै जाने उनीहरुको ठहर ।

३५.मोटरबाटो निर्माणले उत्पादित कृषिजन्य उपजलाई बिक्रिवितरणमा सहजता थप्ने नगरपालिकाको विश्वास ।

३६.यातायातको सुविधाले गाँउघरमा बसेर केहि गर्न सकिने वातावरण सिर्जना भएको स्थानीयको आशा ।

३७.पहाडबाट तराई झरेका समुदायका व्यक्तिहरु संस्कृतिलाई जोगाउने अभियानमा सक्रिय बन्दै ।

३८. बाँकेको कोहलपुरमा मौलिक भाषा, सस्कृति र परम्पराको संरक्षणका लािग दैलेखी एकता समाजको स्थापना ।

३९.जुम्ला, कालिकोट, दैलेख अछाम, डोटीलगायत विभिन्न समुदायका व्यक्तिहरु जम्मा भई देउडालाई संरक्षण गर्न प्रत्येक महिनाको १५ गते देउडा खेल्ने ।

४०.मैलिक कला र संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले पनि तदारुकता देखाउनुपर्ने र भावी पुस्तामा संस्कृति हस्तानन्तरण गर्नुपर्नेमा एकता समाजको जोड ।

४१.युवा जनशक्ति बिदेश पलायन हुदा पर्वतमा कोदो उत्पादन हुने क्षेत्र भयो बाँझो ।

४२.कोदो उत्पादन हुँने क्षेत्रमा बाँदरको आतंक हुन थालेपछि स्थानीय किसानहरु कोदो खेतिमा निरुत्साहित ।

४३.बढ्दो बसाईसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो खेति विस्थापित हुन थालेको बिश्लेषण ।

४४.पर्वतको २८ हजार ५९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ८०० हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतको तथ्याङ्क ।

४५.भोजपुरका ९ वटै स्थानीय तहका सबै वडामा कृषि बीमा कार्यक्रम सुरु ।

४६.प्राकृतिक विपत्ति तथा अन्य कारणले हुने क्षतिलाई न्युनिकरण गर्न बीमा कार्यक्रम लागू गरिएको कृषि ज्ञान केन्द्रको भनाइ ।

४७.बाली तथा पशु बीमा गर्दा प्राकृतिक प्रकोप तथा विभिन्न विपत्तिबाट क्षति भएमा कृषकले क्षतिपूर्ति पाउने केन्द्रको दावी ।

४८.बाली तथा पशु बीमा सरकारले ल्याएको महत्वपूर्ण योजना भएपनि यसबारे जानकारी नहुँदा लक्षित वर्गमा पुग्न भने सकस ।

४९.अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसर पारेर भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठनको सातौँ विश्व सम्मेलन कतारको दोहामा जारी ।

५०. सम्मेलनमा विभिन्न राष्ट्रहरुले भ्रष्टाचारविरुद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने ।

५१.सम्मेलनमा नेपाली कांग्रेसका नेता एंव पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागि ।

५२.विश्वभरका ६२ राष्ट्रका प्रतिनीधिहरु सहभागि भएको सम्मेलन मंगलवारसम्म चल्ने ।

५३.सोमबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाले घट्यो ।

५४.नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७१ रुपैयाँमा कारोबार ।

५५.नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक आज दोहोरो अंकले बृद्धि ।

५६.११ सय ३५ दशमलव ३,७ अंकबाट कारोबार सुरु भएको सोमबारको नेप्से १३ दशमलव ५,१ अंकले बढेर ११ सय ४८दशमलव ८, ९ अंकमा ।

५७.ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक २ दशमलव ६, ५ अंकले बढेर २ सय ५३ दशमलव १७ विन्दुमा ।

५८.१ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४६ करोड ४२ लाख २० हजार रुपैयाँको कारोबार ।

५९.नेपाल स्टक एक्सचेन्ज कम्पनीको चुत्ता पँजी चार खर्व ३१ अर्ब ८३ करोड रुपैयाँ पुग्यो ।

६०.मुलुकको आर्थिक तथा वित्तिय अवस्था सम्वन्धी नेपाल राष्ट्र र्बैंककोे प्रतिवेदन अनुसार स्टकमा सुचिकृत चार अर्ब ४० करोड सेयर सख्याको चुक्ता मूल्य उक्त अनुपातमा पुग्यो ।

६१.चालु तीन महिनामा ३३ अर्ब ७२ करोडबरावरको साधारण सेयर, आठ करोड बरावरको बोनस सेयर, एक अर्ब ४५ करोड बराबरको हकप्रसाद सेयर, ३५ करोड बराबरको डिबेन्चर र एक अर्ब १४ करोड बराबरको थप धितोपत्र सूचिकृत ।

६२.राष्ट्र बैंंकका अनुसार २०७५ असोज मसान्तमा १२ सय ४१ दशमलव छ विन्दुमा रहेको नेप्स सूचाकांक २०७६ असोज मसान्तमा ११ सय ३७ दशमलव आठ विन्दुमा कायम ।

६३.८ अर्ब ३० करोड रुपैयाँ बराबर रकम मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले लगानी गर्ने ।

६४.राष्ट्र बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागिएको बैकको भनाई ।

६५.२०७६ पुष १ गतेदेखि २०७७ मंसिर ३० गतेसम्मका लागि एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकले प्रस्ताव गरेको हो आह्वान ।

६६.राष्ट्र बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने योजनाले तरलता अभावको समस्या हटाउन केहि समयका लागि सहयोग पुग्ने अपेक्षा ।

६७.वर्षमा ८० करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरुले तिर्ने कर यो वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढ्यो ।

६८.ठूला करदाता कार्यालयका अनुसार चालु वर्षको पहिलो तीन महिनामा यस्तो कर अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको हो ।

६९.अधिकांस क्षेत्रका कम्पनी तथा फर्मको कारोबार घटिरहेको देखिएपनि समग्रमा कर भने १४ प्रतिशतले बृद्धि ।

७०.सरकारले तोकेको लक्ष्यको तुलनामा २० प्रतिशत न्यून ।

७१.कार्यालयमा वर्षभर ८० करोड बढीको कारोबार गर्ने ६ सय ८१ करदाता सूचीकृत ।

७२.काठमाडौंको नागार्जुन नगरपालिका ५ बाट लागूऔषध सहित काभ्रेका गुन्ज बहादुर तामाङ पक्राउ ।

७३.काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ बाट लागूऔषध सहित रामेछापका मन्जिल राई र अमृत श्रेष्ठ पक्राउ ।

७४.नवलपरासी(पूर्व), कावासोती नगरपालिका १६ बाट लागूऔषध सहित नवलपरासी (पश्चिम) का बिकाश बर्मा र सुजन मल्ल पक्राउ ।

७५.हाडनाता करणी मुद्दामा १० महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर पक्राउ ।

७६.सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी कोल्हवी नगरपालिका २ को सुरज खाँ चौधरी पक्राउ ।

७७.वहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद सजाय भई तारेखमा छुटी फरार रहेकी प्रतिवादी कुश्मा नगरपालिका १ की संगिता नेपाली पक्राउ ।

७८.नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का आईतराम राई र नारायणकाजी आलेमगर ४४ राउण्ड गोली सहित पक्राउ ।

७९.काभ्रेको रोशी गाउँपालिका १ की ६६ वर्षीया महिलालाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा कान्छामान तामाङ पक्राउ ।

८०.कैलालीको १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका १ का २० वर्षीय टेक बिक पक्राउ ।

८१.मकवानपुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पदैलयात्री सोही ७० वर्षीय लाल बहादुर राईको मृत्यु, दुर्घटनामा शंकास्पद २ वटा सवारी साधन प्रहरीे नियन्त्रणमा ।

८२.चितवनमा बा.१७ च ५७५८ नम्बरको बलेरो गाडीले ना.५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङका यदु प्रसाद पाठकको मृत्यु ।

८३.सिरहामा स.१ च ६९३ नम्बरको एम्बुलेन्स र स.६ प ८०६२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा राकेश मण्डल र बिष्णु महराको मृत्यु ।

८४.मकवानपुर, चितवन र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु ।

८५.काठमाडौंको ठमेल नर्सिङ चोकको चेङ्दु होटलमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

८६.ललितपुरको महेश साहको टहरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।

८७.सिन्धुपाल्चोकको जिल्ला कारागार कार्यालय प्रमुख बस्ने निवास र कार्यालयमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।

८८.मुगुको बिर्ख लावड र ज्वाला लावडको घरमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।

८९.सिरहाको मोहमद ईनुस मियाको घरमा आगलागी हुँदा करिब ६ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

९०.आगो निभाउने क्रममा घाइते भएका छिमेकी २५ वर्षीय नवसाद अंसारीको लहानमा उपचार हुदै ।

९१.पर्सामा हरेन्दर महत्तो कोईरीको कुखुरा फर्ममा आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।

९२.कास्कीमा बिनोद गुप्ताको मोटरसाइकल ग्यारेज र कोठामा बिद्युत सर्ट भई आगलागी हुँदा २ वटा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट ।

९३.अमेरिकाको फ्लोरिडास्थित नौसेनाको आधार शिविरमा भएको हिंस्रक हमलालाई एफ बि आइले दियो आतङ्कवादी आक्रमणको संज्ञा ।

९४.अमेरिकाको पेन्सकोला क्षेत्रमा तालिम लिइरहेका साउदी बन्दुकधारी मोहम्मद अल्सामरानीले तीन नौसैनिकहरूको गरेका थिए हत्या ।

९५.हमला एक्लै वा संगठित, के थियो भनेर एफबीआइले जॉचबुझ गरिरहेको अनुसन्धान अधिकारी राचेल रोजासको भनाइ ।

९६.न्यूजील्यान्डमा भएको ज्वालामुखी विस्फोटमा २० जना मानिस घाइते ,अन्य केही सम्पर्क्विहीन ।

९७.न्युजिल्याडको उत्तरपूर्वी क्षेत्र आईल्यान्ड टापुमा भएको हो ज्वालामुखी विस्फोट ।

९८.फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने ।

९९.सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरे पछि यसै साता पदभार ग्रहण गर्ने अपेक्षा ।

१००. प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्ने ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…