‘संसदभित्रै यौनहिंसा’

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्,‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।

पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौँ ।,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरुलाई सम्मान गछौं, सम्मानस्वरुप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ । तर उनीहरुले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् ।

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…