मानव विकास सुचकांक, नेपाल १ सय ४७औँ स्थानमा

काठमाडौं । मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७औँ स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।

७१औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ । तर समग्र एसिया प्रसान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा दु्रत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ । प्रतिवेदन अनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ ।

एसिया प्रसान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्याड पछि थाइल्याण्ड दोस्रोमा रहेको छ । प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो ।

मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ । सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ । यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडि छ । स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…