घट्न थाल्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । बुधबारदेखि ओरालो लाग्न थालेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला रु ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० पुगेको हो ।

सोमबार पनि सुनको मूल्य प्रतितोला २०० ले घटेर कारोबार भएको थियो । गत बुधबारदेखि सुनको मूल्य निरन्तर घटिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु १ हजार ४०० ले घटेको देखिएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको हो ।

मंगलबार चाँदीको मूल्यमा प्रतितोला रु ५ ले घटेर रु ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…