मंगलबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत

काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

आजका एक सय समाचार यसप्रकार छन् :

१.गत मंसिर १५ गतेबाट शुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग सम्पन्न ।

२.समापन समारोहका अवसरमा काठमाडौंको दशरथ रंगशालामा विशेष कार्यक्रमको आयोजना ।

३.१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारत एक सय बहत्तर स्बर्ण ,९३ रजत ४५ कास्य सहित पदक तालिकाको शीर्षस्थानमा ।

४.नेपाल ५१ स्वर्ण,५९ रजत ,९२ कास्य पदक सहित दोस्राे स्थानमा ।

५.श्रीलंका ४० स्वर्ण ,८२ रजत ,१२६ कास्य पदक सहित तेस्राे स्थानमा ।

६.पाकिस्तान ३१ स्वर्ण ४१ रजत ५९ कास्य पदक सहित चौथो स्थानमा ।

७.बंगलादेशले १९ स्वर्ण ३२ रजत ,८७ कास्य पदक सहित पाचौ स्थानमा ।

८.माल्दिभ्स एक स्वर्ण ,३ कास्य पदक सहित छैटौ स्थानमा भने भुटान ७ रजत २३ कास्य पदक सहित पदक अंक तालिकाको अन्तिममा ।

९.राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आगामी पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान ।

१०.सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई गरेको थियो सिफारिस ।

११.उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्नुहुने , हिउँदे अधिवेशनको बैठक सञ्चालन भएपछि नयाँ सभामुख चयन प्रक्रियाको बाटो खुल्ने ।

१२.विविध कार्यक्रम गरी ७१औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाइयो ।

१३.मुलुकमा अपराध र दण्डहिनता बढेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाइ ।

१४.लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको शर्माको दाबी ।

१५.निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको शर्माको टिप्पणी ।

१६.मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोभन्दै असन्तुष्टि व्यक्त ।

१७.अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठनद्वारा राजधानीमा विरोध प्रदर्शन ।

१८.मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घाण्टा प्रदर्शन र धर्ना गरिएको संगठनद्वारा जानकारी।

१९.द्वन्द्वपीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्नेमा संगठनको जोड ।

२०.६ बुँदे सहमति भएपछि आइतबारदेखि तनावग्रस्त बनेको बाँके कोहलपुरको जनजीवन सामान्य बन्दै ।

२१.स्कुले छात्रालाई ट्रकले किचेपछि एकाएक तनावग्रस्त भएको कोहलपुरमा सद्भाव ¥यालीको आयोजना ।

२२.सद्भाव ¥याली निकालिएपछि शिक्षण संस्था, बजार र यातायातका साधनहरु सञ्चालनमा आएको जानकारी ।

२३.मंगलबार बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएको प्रहरीको भनाइ ।

२४.नेपाल विश्व मानव विकास सुचकाङ्कको मध्यम श्रेणीमा ।

२५.१ सय ८९ देशमध्ये नेपाल १ सय ४७ औँ स्थानमा रहेको प्रतिवेदन सार्वजनिक ।

२६.युएनडीपीद्धारा सार्वजनिक मानव विकास प्रतिवेदन–२०१९ अनुसार नेपालको २०१८ का लागि शुन्य दशमलव पाँच सात नौ को रेटिङ ।

२७.समृद्धिसँगै समानताले स्थान पाउने प्रतिवेदन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भनाइ ।

२८.समानता ल्याउनका लागि आम्दानी बढाउनु पर्नेमा अर्थमन्त्री खतिवडाको जोड ।

२९.सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचांक औसतमा शुन्य दशमलव पाँच दुई प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख ।

३०.नेपाल भ्रमण बर्ष–२०२० लाई सफल बनाउन विभिन्न ८ विधाका कार्यक्रम गरी सहयोग गर्ने नेपाली सेनाको प्रतिबद्धता ।

३१.नेपाल भ्रमण बर्षका अवसरमा बहुराष्ट्रिय सैनिकबाट संगरमाथा आरोहण, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य सम्बन्धि दौड, कार्याशाला र पदयात्रा गर्ने ।

३२.मित्रराष्ट्रका सेना र परिवारलाई नेपाल आउन अकर्षित गर्ने विविध कार्यक्रमहरु पनि सञ्चालन गर्ने सेनाको भनाइ ।

३३.काभ्रेको धुलीखेलबाट पनौतीसम्म पदयात्रा गर्ने, गोरखाको लिगलिग दौडलाई थप व्यस्थित गर्ने जानकारी ।

३४.महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ स्थित पिगौना हेचरी एण्ड ब्रिङिग फर्ममा आगलागी ।

३५.आगलागीबाट दुई करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान ।

३६.एक पटकमा ६० हजार चल्ला उत्पादन गर्न सक्ने मेसिनसहित जलेर नष्ट भएको जानकारी ।

३७.जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले जमिन अतिक्रमण गरि भौतिक संरचना निर्माण गरेको खुलासा ।

३८.गैह्रकानुनी रुपमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरास्थित नहर पश्चिम किनारको १३ बिगाहा जमिनमा नक्सानै पास नगरी भौतिक संरचना निर्माण गरेको स्थानीयहरुको भनाइ ।

३९.एसियाली विकास बैंक एडीबी र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता ।

४०ं.४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौता पत्रमा हस्ताक्षर ।

४१.पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदि सुधार, साना किसानको आम्दानी बढाउन र खाद्य सुरक्षाका लागि ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको सम्झौता भएको सरकारको भनाइ ।

४२.ऋण सहयोग सम्बन्धी सम्झौतामा अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभद्वारा हस्ताक्षर ।

४३.कृषि विकास बैंकद्वारा सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव ।

४४.बैंकले गत वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २४ प्रतिशत नगद लाभांश दिने निर्णय ।

४५.प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिपश्चात् र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने ।

४६.गत वर्षको मुनाफबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने तारागाँउ रिजेन्सी होटलको घोषणा ।

४७.लगातार सुधारको दिशामा रहेको नेप्से मंगलवार पनि २ दशमलव ४,८ विन्दुले बढेर एक हजार १ सय ५१ दशमलव ३,६ विन्दुमा ।
सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३,३ विन्दुले बढेर २ सय ५३ दशमलव ५,शुन्य अंकमा ।
४८. १७० कम्पनीको १६ लाख ६१ हजार ८ सय २८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९ सउ १५ रुपैयाँमा खरीद बिक्री ।
४९.कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो ।
५०.नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा ।

५१.गत बुधबारदेखि घटेको सुनको भाउले पायो मंगलबार पनि निरन्तरता ।

५२.मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार ।

५३.२००७ सालको क्रान्तिले समाजमा नयाँ जागरण ल्याएको पूर्व मन्त्री प्रदीप नेपालको भनाइ ।

५४.नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन रामप्रसाद राईको ठूलो योगदान रहेको भन्दै प्रशंसा ।

५५.राम प्रसाद राईको खोजीमा राज्यबाट कुनै पहल नभएको प्रतिष्ठानकी अध्यक्ष तारादेवी राइको गुनासो ।

५६.पाटन कलेज फर प्रोफेसनल स्टडिजको दिक्षान्तर कार्यक्रम सम्पन्न ।

५७.४६ जना विद्यार्थीहरुको दिक्षान्तर कार्यक्रम सम्पन्न गरिएको पाटन कलेज फर प्रोफेसनल स्टडिजद्वारा जानकारी ।

५८.सुनसरीको दुहवी नगरपालिकाद्वारा ‘वाटरपार्क’ निर्माणका लागि लगानी जुटाउन छलफल सुरु ।

५९.निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानीका लागि प्रदेश सरकार र उद्योगीसँग आग्रह ।

६०.करिव ९३ करोड ३१ लाख ५३ हजार रुपैयाँ लागत लाग्ने वाटरपार्क झण्डै ९ बिगाहा क्षेत्रफलमा निर्माण गरिने ।

६१.दुहवी नगरपालिकाले ठूलो परियोजनालाई अघि बढाउने प्रस्ताव ल्याएको भन्दै प्रस्तावलाई सरकारले साथ दिने मुख्यमन्त्री शेरधन राईको प्रतिवद्धता ।

६२.वाटरपार्क प्रदेश १ कै प्रमुख पर्यटकीय पूर्वाधारका रुपमा विकास हुने अपेक्षा ।

६३.इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढ्दो ।

६४.गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै स्वदेशी मात्र नभइ विदेशी पनि आउने गरेको स्थानीयको भनाइ ।

६५.फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने सञ्चालकहरुको भनाइ ।

६६.पछिल्लो समय इलामका होमस्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको जानकारी ।

६७.रुपन्देहीको सैनामैना नगरपालिकामा जन्मिएर विभिन्न परिस्थीतिले घरबार विहीन भएका व्याक्तिहरुका बरौली भाटा गाउँमा नमुना बस्ती बन्दै ।

६८. संघीय सरकारको तराई समृद्धि कार्यक्रम अन्र्तगत बनिरहेको नमुना बस्ती आगामी दशैँमा सकिने लक्ष्य ।

६९.कुल ४ बिगाह क्षेत्रफलमा रहेको नमुना बस्तीमा अहिलेसम्म ५ घर बनिसकेका छन भने ५ घर बन्न बाँकी ।

७०.विभिन्न प्रकोपबाट विस्तापित भएका केही घरबार विहीनहरुलाई नमुना बस्तीमा स्थान्तरण गर्ने नगरपालिकाको योजना ।

७१.सर्लाहीको बिष्णु गाउँपालिका २ बाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड सहित भारतका संजय सिंह पक्राउ ।
७२.ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी धादिङ नेत्रावती डबजोङ गाउँपालिका ४ का वेग बहादुर तामाङ पक्राउ ।
७३.कैलालीको गोदावारी नगरपालिका १० को बनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान प्रहरीद्धारा बरामद ।
७४.वीरगंज महानगरपालिका १४ बाट लागूऔषध ११ किलो ८ सय ग्राम चरेश सहित वीरगंजका रामबालक बैठा पक्राउ ।
७५.सुर्खेतको भेरीगंगा नगरपालिका २ का लोक बहादुर बिसी जगदी वनमा मृत अवस्थामा फेला ।
७६.सर्लाहीमा २६६६ नम्बरको ट्याक्टरले भारतिय नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका संगिता देवीको मृत्यु ।
७७.रुपन्देहीमा लु.२ ख १७२८ नम्बरको टिपर दुर्घटना हुँदा राज कुमार यादवको मृत्यु ।
७८.धनुषामा ज.२ त ३११ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ललन सदाको मृत्यु ।
७९.बाँकेमा भे.७ प २१५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुभाष कार्कीको मृत्यु ।
८०.मकवानपुरमा ना.४ ख ७४३७ नम्बरको ट्रकले ना.५१ प २१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुरेन्द्र आले मगरको मृत्यु ।
८१.झापामा ना.५ ख ७६६० नम्बरको ट्रकमा र को.३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किदा किशन साहको मृत्यु ।
८२.रामेछाप नगरपालिका ८ मा ना.१ झ १०७० नम्बरको गाडी र बा.३८ प ३९४८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा सुशिल तामाङको मृत्यु ।
८३.सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापाका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु ।
८४.काठमाडौंको चन्द्रागिरी नगरपालिका १० सतुङगलका डम्बर बानियाँको घरबाट नगद तथा सुनका गरगहना समेत गरी करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
८५.काठमाडौं बसुन्धारा डेरा गरी बस्ने स्याङजाका ईन्द्र बहादुर थापाको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १८ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
८६.काठमाडौं महानगरपालिका २७ को हरिमोहन जोशीको घरबाट करिब ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी ।
८७.कञ्चनपुरको महाकाली नगरपालिका ४ को सृजना बचत तथा ऋण सहकारी संस्थाबाट नगद ३ लाख ७६ हजार १ सय ३८ रुपैयाँ चोरी ।
८८.तेह्रथुमको म्याङलुङ नगरपालिका ५ र ६ को ७ बटा घरबाट करिब ३ लाख ३ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको धनमाल चोरी ।
८९.ओखलढुङगाको गम्बु शेर्पाको घरमा डेरा गरी बस्ने ८५ वर्षीय लोकसन शेर्पाको आगलागीमा परेर मृत्यु ।
९०.अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक शरीरमा आगो सल्कन गई गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीद्धारा जानकारी ।
९१.महोत्तरीमा शाँ मिश्राको हेचरी एण्ड ब्रडिन फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा जस्ता करिब ९३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।
९२.सिरहामा रामअवतार यादव सहित चार दाजुभाइको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।
९३.बर्दियामा शालिक राम थारुको कुखुराको खोरमा आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट ।
९४.कास्कीमा मसिने खड्काकोे घरमा घरायसी बिवादको कारण उनकै छोरा मिन बहादुर खड्काले मादक पदार्थ सेवन गरी आगजनी गर्दा घर पूर्णरुपमा जलेर नष्ट ।
९५.चेक गणतन्त्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गयो ।
९६.चेक गणतन्त्रको उत्तरपूर्वी शहर ओस्ट्राभामा रहेको अस्पतालमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीको भनाई ।
९७.आक्रमणकारीको खोजी भइरहेको प्रहरीद्धारा जानकारी ।
९८.म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द हेगस्थित अन्तराष्ट्रिय अदालतमा उपस्थित ।
९९.म्यानमारले अल्पसंख्यक मुस्लिम रोहिंगा समुदायमाथि गरेको अत्याचारबारे सुचीले द कोर्ट अफ जस्टिस (आईसीजे) मा जवाफ दिने अपेक्षा ।
१००. सन् २०१७ मा रोहिंगाहरुको आम नरसंहार गरेको आरोप छ म्यानमारमाथि ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…