सिमेन्ट कारखानाबाट निकालिएकी महिलाद्वारा आत्महत्या

रामभरोसि यादब
सिरहा । कामबाट निकालिइएपछि गोलबजारमा एक महिलाले आत्महत्या गरेकी छिन् । गोलबजारमा रहेको मारुती सिमेन्टमा कार्यरत गोलबजार नगरपालिका–९ गोविन्दपुरकी अनितादेवी पासवानले आत्महत्या गरेकी हुन् ।

कामबाट निकालेर आत्महत्या गर्ने अवस्थामा पुर्याएको भन्दै आक्रोशित स्थानीय तथा मजदुरले चक्का जाम गरेका छन् । आक्रोशित मजदुरको भीडले उचित छतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत उद्योगको गेटमै चक्का जाम गरेको हो । चक्का जाम भने प्रहरीले बल प्रयोग गरी दुईघण्टापछि खुलाएको छ ।

उद्योगमा विगत १६/१७ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएकी स्थायी महिला मजदुर अनिता देवी पासवानलाई उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको थियो ।

आफूलाई अवकास दिएको जानकारीसमेत नभएका पासवान मंगलबार बिहान काम गर्न गएका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाबाट आएका दुईजना महिला प्रहरीले धक्का लगाएर गेटबाहिर निकालेको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोद कुमार महतोले जानकारी दिए । उद्योगबाट निकालिएपछि नजिकैको सिसमको बोटमा पासो लागाएर पासवानले आत्महत्या गरेकी हुन् ।

सबै मजदुर काममा गएका बेला उनलाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले उनी हतोत्साहित भएर आत्महत्या गर्न पुगेको हुनसक्ने उनले बताए । व्यवस्थापनले उद्योगको हित विपरित कार्य गरेको भन्दै कारबाही गरी निकालिएको जनाएको छ । यता मजदुरहरुले भने आफूहरुले खाईपाई आएको तलव कात्तिक महिनादेखि घटाएर आएको विषयमा व्यवस्थापनसँग छलफलका लागि माग गर्दा आफूहरुमाथि अनावश्यक आरोप लगाउँदै उद्योग एकपक्षीय ढंगले कारबाहीमा उत्रिएको जनाएको छ ।

उद्योगका मजदुरहरुले चिया, मिठा (सखर) वापत प्रत्येक दिन ५० रुपैयाँका दरले पाउँदै आएका थिए । व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको मजदुरहरुको आरोप छ । यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदुरहरुको आरोप छ । यहाँ कार्यरत करिव ४ सय मजदुरले कामकाज ठप्प पारेपछि उद्योग बन्द भएको जनाएको छ ।

उद्योग व्यवस्थापनले उनीसँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोद कुमार महतो, सभ्य कुमार यादव, मोहन कुमार यादव र मिथिलेश कुमार यादवलाई पनि एक महिनाको लागि निलम्बन गरेको छ ।

घटनापछि उद्योग व्यवस्थापनले मजुदरहरुलाई वार्ताको लागि बोलाए पनि उनीहरु सामूहिक रुपमा वार्ताको माग गर्दै आएको छ । उद्योग व्यवस्थापनले भने घटनापछि मजदुरहरुसँग बसेर कुराकानी भइरहको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…