Logo मंसिर १४, २०७७ आइतबार


‘लैङ्गिक हिंसा अन्त्यका लागि सहकार्य आवश्यक’

नारायण थापा
भक्तपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेतले नागरिक समाज एकजुट हुन सके लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताउनुभएको छ ।

मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा ७१औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति भक्तपुर र गैर सरकारी संस्था महासंघ नेपाल भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा बस्नेतले यस्तो बताउनुभएको हो ।

लैङ्गिक हिंसा र भ्रष्टाचार समाजका रोग भएको बताउनुहुँदै बस्नेतले सबैको संयुक्त पहलमा दुवै विषयको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सुशासन सम्बन्धि एक स्मारिकासमेत बिमोचन गर्नुभएका बस्नेतले हरेक नागरिकले भ्रष्टाचार विरुद्ध आवाज उठाउन सके कुनै पनि तहका सरकार र सार्वजनिक निकायहरुले भष्टाचार गर्ने साहस गर्न नसक्ने बताउनुभयो । सांसद बस्नेतले सरकारले भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलताको नीति अंगिकार गरेको भएता पनि अझै त्यसले सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले सुशासन नारामा मात्रै सिमित भएको भन्दै अब त्यसलाई व्यवहारमा उतार्न नागरिकको सचेतना स्तरमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सामाजिक संघसंस्थाहरुले जनताको माग र आवश्यकतामा आधारित परियोजनाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।