जनताकर्मी श्रेष्ठ सम्मानित

चितवन । जनताकर्मी बिना श्रेष्ठ सम्मानित हुनुभएको छ ।

लक्की मिडिया हाउस चितवनमा आयोजना गरेको कलाकार सम्मान तथा चलचित्र ‘कवडी कवडी कवडी’ को विशेष शो कार्यक्रममा जनताकर्मी श्रेष्ठ सम्मानित हुनुभएको हो ।

कार्यक्रममा नेपाली सिने तथा कला क्षेत्रका कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएकाे थियो । सिजी ल्याण्ड मार्कमा सोमबार चलचित्र ‘कबडी कबडी कबडी’ को विशेष शोको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा कलाकार, पत्रकार तथा व्यवसायी एवं समाजसेवीलाई सम्मान गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा करिब एक दर्जन व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारतर्फ वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, अभिनेत्री एवं निर्मात्री रोशनी केसी तथा अभिनेत्री वर्षा राउत रहेका छन् । त्यस्तै, युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट, साहसिक साइकल यात्री रुक्मिणी सापकोटा र समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुका साथै कलाकारिता क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा लक्की मिडिया हाउसले गरेको सम्मान तथा विशेष शो को उहांँले प्रशंसा गर्नुभयो ।

सम्मानपछि हाउसले सम्मानित व्यक्तित्वहरलाई चितवनका विभिन्न धार्मिक तथा रमणीय स्थलहरुको भ्रमण गराएको थियो ।

सम्मानित जनताकर्मी श्रेष्ठ जनता टेलिभिजनकाे मनाेरञ्जनात्मक कार्यक्रम ‘जुम इन’ र ‘फ्राइडे फिल्मस्’ का निर्माता तथा प्रस्तुतकर्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…