पुस्तकालयमा युवाभन्दा बढी बालबालिका

रविन्द्र सिंह ठकुरी
बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै पुस्तक अध्ययनमा युवाहरु सक्रिय देखिन छाडेका छन् ।

कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय बाँकेकै गौरवको विषय हो । यहाँ दैनिक ४० देखि ५० जना अध्ययनका लागि आउने गर्छन । तर पुस्तकालयमा आउने अधिकांश जागिरे जीवन सकेर रिटायर्ड भएका र साना बालबालिकाहरु हुने गरेका छन् ।

जिल्लामा पुस्तकालयको प्रभाव राम्रो भएपनि अझ प्रभावकारी बनाउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्नुपर्ने देखिएको स्थानिय चन्द्र त्रिपाठीले बताए । पुस्तकालयमा बालबालिकाका सिर्जनात्मक क्रियाकलापहरु उजागर हुने खालका पुस्तकहरु राख्नु पर्ने देखिएको त्रिपाठीकाे भनाइ छ ।
सामाजिक सञ्जालको प्रयोगमा वृद्वि र बजारमा नयाँ पुस्तकहरु ढिला पुग्ने भएका कारण पनि युवाहरु माझ पठन संस्कृतिको कमि देखिएकाे ज्ञानोदय समामुदायिक पुस्तकालय कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् ।

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…