खोक्सीका ३८ छात्रालाई साइकल वितरण

सिरहा । बरियारपट्टी गाउँपालिकाको एक विद्यालयका ३८ छात्रालाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ मा सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत गाउँपालिकाको जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका छात्रालाई साइकल विरतरण गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको हो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष महताेले शिक्षा नै सबै क्षेत्रकाे विकासकाे आधार भएकाे उल्लेख गर्नुभयाे । उहाँले शिक्षालगायतकाे विकासका लागि सबै वर्ग सक्रिय भएर लाग्नुपर्ने बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…