जनताकर्मी न्यौपानेको वृत्तचित्र ‘कृषि क्रान्ति’ किम्फ अवार्डका लागि उत्कृष्ट १० मा मनोनित

काठमाडौं । जनताकर्मी बिक्रम न्यौपानेले निर्माण गरेको वृत्तचित्र ‘कृषि क्रान्ति’ अन्तर्राष्ट्रिय किम्फ अवार्डका लागि उत्कृष्ट १० मा मनोनित भएको छ । हिमाली जिल्ला मनाङको स्याउ फार्मबारे निर्माण गरिएको न्यौपानेको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०१९ का लागि उत्कृष्ट १० मा परेको हो ।

वृत्तचित्रका निर्माता एवं निर्देशक न्यौपानेका अनुसार किम्फले जारी गरेको विभिन्न विधा अन्तर्गत परिवर्तित नेपाल विधाका लागि ‘कृषि क्रान्ति’ शीर्षकको उहाँको वृत्तचित्र मनोनित भएको हो ।

नेपालमा सबैभन्दा पुरानो र अन्तर्राष्ट्रियस्तरको वृत्तचित्र प्रतियोगिता किम्फमा उत्कृष्ट १० मा पर्न सफल वृत्तचित्र कृषि क्रान्ति नेपालका विभिन्न शहरका साथै विदेशमा पनि प्रदर्शन हुने जनाइएको छ । न्यौपानेका अनुसार वृत्तचित्र ‘कृषि क्रान्ति’ मा नेपाली भूमिको कृषि क्रान्तिको कथा प्रस्तुत गरिएको छ ।

हिमाली जिल्लामा कृषि व्यवसायमा लागेर करोडौँ आम्दानी गर्न सफल समराज गुरुङको कृषि कथालाई समावेस गरी वृत्तचित्र निर्माण गरिएको छ । लाखौँ युवाहरु रोजगारका लागि विदेशिएका समयमा गुरुङले गरेको कृषि व्यवसायमा ६० जनालाई रोजगारीको व्यवस्था गर्नुभएको छ । जम्मा तीन मिनेटको वृत्तचित्र ‘कृषि क्रान्ति’ हेरेपछि देश विदेशमा रहेका र कृषि व्यवसायमा रुचि भएका युवाहरुलाई प्रेरणा मिल्ने निर्माता/निर्देशक न्यौपानेको भनाइ छ । मंसिर २९ गते काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममाविजेता घोषणा गरिने जनाइएको छ ।

उत्कृष्ट हुन सफल वृत्तचित्रले ४० हजार पुरस्कार पाउने छ भने उपविजेताले नगद ३० र उत्कृष्ट तेश्रोले नगद २० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…