अनलाइनबाट ठगि गर्ने गिरोह पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विश्वेश्वर प्रसाद तिवारी र नवलपरासीकै संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेका छन् ।

पिटर र स्मिथले नेपालमा ठगिका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेको र विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको पाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…