भ्रमण वर्षको सचिवालय र टानबीच ११ बुँदामा सम्झौता

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार राजधानीमा आयोजीत एक कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न सचिवालय र टानबीच विभिन्न ११ बुँदे समझदारीपत्रमा सम्झौता भएको हो ।

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष व्यक्ति, मन्त्रालय तथा सरकारको मात्र नभएर सबै नेपालीको भएको बताउनुभयो । उहाँले पर्यटकको सेवा सुविधा बढाए मात्र पर्यटकहरु फेरि नेपाल आउने सम्भावना रहने उल्लेख गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले देशको आर्थिक विकासका लागि गुणस्तरीय पर्यटनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले २० लाख पर्यटक ल्याउने घोषणा गर्दा टानले सबै सदस्यमार्फत ८ लाख बढी पर्यटक नेपाल ल्याउने योजना बनाएको जानकारी दिनुभयो ।

सचिवालय र टानबीच पदयात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतीय पर्यटन मार्ट नेपालमा आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने, विभिन्न देशमा पर्यटन प्रवर्द्धनकाे काम गर्ने, कम्तिमा ४ हजार व्यक्तिलाई पदयात्राका लागि तालिम प्रदान गर्ने, वातावरण संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका ११ बुँदामा सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…