नेपाली युवक भारतमा सम्मानित

काठमाडौं । लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् ।

सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो ।

राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे ।

राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तर्राष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा वर्ग ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् । उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन् ।

राउतसँगै बाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् ।

कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…