भ्रमण वर्षमा १० लाख पर्यटकलाई लुम्बिनी भ्रमण गराइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताउनुभएको छ ।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष पुरा गर्न सहयोग गर्न सबै बौद्ध गुरुहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिनुभयो । त्यस्तै बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सम्मेलन गर्ने समेत बताउनुभयो ।

त्यस्तै मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवद्र्धनका लागि आधार वर्षको रुपमा विकास गरी ‘पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताउनुभयो ।

नेपालमा सबै सिजनमा पर्यटनको सम्भावना रहको बताउँदै सरकारले पूर्वाधार विकास गरी सोही अनुसार पर्यटन प्रवद्र्धनको काम गर्ने रणनीति बनाएको समेत बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषको संरचनागत ढाँचा सानो भएको बताउँदै त्यसलाई वृहत्तर लुम्बिनी विकास परिषद्को रुपमा विकास गर्नुपर्ने समेत बताउनुभयो ।

त्यस्तै जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्न समेत बौद्ध गुरुहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…