बुधबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत

काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

आजका एक सय समाचार यसप्रकार छन् :

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा ।

२. सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने जनही ११ लाख रुपैयाँ प्रदान गरिने ।

३. टिम इभेण्टमा स्वर्ण जित्ने टोलीका सदस्यलाई ५ लाख र स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाई ५ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा ।

४. सागमा रजत पदक जित्ने खेलाडीहरुलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीहरुलाई जनही ४ लाख रुपैयाँ दिइने ।

५. टिम इभेन्टमा रजत जित्ने तथा टिम म्यानेजर र अन्य सहयोगीलाई दिइने रकमका विषयमा भने कुनै घोषणा गरिएन् ।

६. काठमाडौं, पोखरा र जनकपुरमा १० दिनसम्म चलेको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यपदक जितेको थियो ।

७.राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाइ ज्ञापन ।

८.राष्ट्रपतिद्वारा ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त ।

९.सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद ।

१०.प्रतियोगिताबाट दक्षिण एसियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको जानकारी ।

११.उपप्रधानमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवद्वारा मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि असन्तुष्टि व्यक्त ।

१२.अन्तर्राष्ट्रिय मुल्य मान्यताहरुलाई मध्यनजर गर्दै मानवअधिकारका विषयहरु कार्ययोजनामा समेट्नुपर्नेमा मन्त्री यादवको जोड ।

१३.आर्थिक अधिकारका सवालमा पनि आर्थिक अधिकार सामाजिक न्यायसँग जोडिने भएकाले अन्तर्राष्ट्रिय अभ्यासहरु के छन् भन्ने कुरामा प्रष्ट हुनुपर्ने भनाई ।

१४.कानुन मस्यौदा तयार पार्नेहरुका लागि उपयुक्त हुने हिसावले सल्लाह दिन मानवअधिकारसँग सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई छलफलमा बोलाउनुपर्ने सांसद बालकृष्ण खाँडको धारणा ।

१५.प्रधानमन्त्रीको निर्देशन अनुसार कार्ययोजना तयार पार्दा तीनवटै तहबाट सल्लाह लिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तिर्थराज ढकालको भनाइ ।

१६.सरकारले गुठी विधेयक अगाडी बढाइसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको भनाइ ।

१७.वर्षेे अधिबेशनमा विवादित गुठी विधेयक सरकारले पुन संसदमा पेश गर्ने तयारी गरिएको जानकारी ।

१८.सरोकारवाला र गुठी जग्गा व्यवस्थापकसँंग छलफल गरेर गुठी विधेयक पुन संसदमा पठाउने सरकारको तयारी ।

१९.सरकारी जमिन अतिक्रमण र भुमी सम्बन्धी दर्जनौ कानून बनेपनि कुनै कानून एक आपसमा बाझिएको र अधिकांश कानून उपयोग विहिन बनिरहेकाले संशोधनका लागि संसदमा पेश गर्ने जानकारी ।

२०.सरकारी जमिन अतिक्रमण गर्नेहरु विरुद्ध सुक्ष्म ढंगले अनुसन्धान भईरहेको र सबैलाई कानूनी दायरामा ल्याईने मन्त्री अर्यालको दाबी ।

२१.सरकारले अब भूमि सम्बन्धी सबै समस्याहरु अन्त्य गर्ने समेत मन्त्री अर्यालको दाबी ।

२२.सीमा अतिक्रमणको विषयमा पनि सरकारले आफ्नो तर्फबाट भारतलाई लिखित चिठी पठाउने भनाइ ।

२३.बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धि अन्तरक्रिया

२४.चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाइ ।

२५.उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्दा ठगिको क्रम बढेको जिकिर ।

२६.उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न सचेतना अभियान गाउँगाउँसम्म पुग्न जरुरी रहेको भनाइ ।

२७.ठगि गर्नेविरुद्ध पटक पटक हुने दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्ता ठगिने क्रम नरोकिएको मन्त्री भट्टको भनाइ ।

२८.नेपालका बेलायतका नवनियुक्त राजदुत निकोला पोल्लिटद्वारा गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता ।

२९.गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल ।

३०.भेटमा गृहमन्त्री थापाद्वारा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त ।

३१.बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुतलाई मन्त्री थापाको आग्रह ।

३२.बेलायतमा बस्ने नेपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भिर रहेको राजदुत निकोलाको भनाइ ।

३३.सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने विज्ञहरुको भनाइ ।

३४.सरकारले हालै परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने विज्ञहरुको तर्क ।

३५.नेपालमा पाइने ९० प्रतिशत भन्दा बढी चुन ढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ पाइने त्रिविका प्राध्यापकहरुको भनाइ ।

३६.म्याग्रेसियमको मात्रा ५ बाट ६ प्रतिशत पु¥याउँदा ५÷१० वर्षमा नै संरचनाहरु फुट्ने र भत्कने खतरा रहने विज्ञहरुको दाबी ।

३७.भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ ।

३८.पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार ।

३९.पक्राउ परेकाहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीको भनाइ ।

४०.अनलाइन ठगिमा अन्य १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीद्वारा जानकारी ।

४१.यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाइ ।

४२.पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइयो ।

४३.नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरबाट ¥यालि निकाली मनाइयो दिवस ।

४४.नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि प्रभातफेरी निकालिएको संघका अध्यक्ष शन्तबिर लामाको भनाइ ।

४५.नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र रहेको जानकारी ।

४६.पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरुको भनाइ ।

४७.सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाइ ।

४८.टान र नेपाल भ्रमण वर्ष–२०२० सचिवालयबीच भ्रमण वर्ष सफल बनाउनेसम्बन्धी सम्झौता ।

४९.ट्रेकिङ प्याकेजमा २० प्रतिशत छुट, पर्यटकीय गन्तव्यको पहिचान एवं प्र्रवद्र्धन लगायत दुई पक्षबीच ११ बुँदे सम्झौता ।

५०.टान सचिवालयमा आयोजित कार्यक्रममा टानका अध्यक्ष खुमबहादुर सुवेदी र नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर ।

५१.सम्झौताअनुसार टानका सदस्य टे«किङ कम्पनीले ट्रेकिङ प्याकेजमा २० प्रतिशत छुटको व्यवस्था गर्ने ।

५२.टानले नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर प्रवद्र्धन गर्ने, देश तथा विदेशमा पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रमहरु आयोजना गर्ने ।

५३.भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सफल पार्न नेपाली संस्कृति झल्कने कार्यक्रम टान ल्होसार कार्यक्रम गर्ने लगायतका सम्झौता ।

५४.निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढ्दै ।

५५.आगामी कार्यकालका लागि उद्योगपति सौरभ ज्योतिद्वारा एसोसियट उपाध्यक्षमा उम्मेदवारी घोषणा ।

५६.निजी क्षेत्रको उत्थान, औधोगिक सँगसँगै आर्थिक क्षेत्रको विकास, रोजगारी वृद्धि लगायतका एजेण्डा ।

५७.निजी क्षेत्रका हकहितका विषयलाई आफूले प्राथमिकता दिँदै विज्ञ समूह सम्मिलित सचिवालय गठन गरेर निजी क्षेत्रलाई सबल बनाउने ज्योतीको योजना ।

५८.नेपाली सेयर बजारमा करिब १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिने ।

५९.विभिन्न नौवटा कम्पनीले सो मूल्यको हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा दिए निवेदन ।

६०.सेयर निष्कासनका लागि निवेदन दिने कम्पनीहरुमा जलविद्युत, बिमा र उत्पादनमुलक कम्पनीहरु ।

६१.तोकिएको समयमसीमा भित्र सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन सबै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशन ।

६२.वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त कम्पनीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहाभागी हुन निर्देशन ।

६३.सरकारले सामाजिक सुरक्षा कार्यक्रममा यही मंसिर १४ गतेभित्र सूचिकृत भइसक्नुपर्ने तोकेको थियो अन्तिम मिति ।

६४.नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन अर्थमन्त्रालयमा ।

६५.श्रेष्ठले दोहोरो सुविधा लिएर राज्यकोषमा नोक्सानी र्पुयाएको ठहर गर्दै प्रतिवेदनमा निलम्बनको सिफारिस ।

६६.अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई डेपुटी गभर्नरमाथि छानविन गरी कारबाहीका लागि सिफारिस गर्न एक महिनाअघि गरेको थियो पत्राचार ।

६७.अर्थको पत्राचारपछि राष्ट्र बैंकले गठन गरेको समितिले तयार पारेर बुझाएको प्रतिवेदन राष्ट्र बैंकले पठाएको हो अर्थमै ।

६८.बुधबार नेप्से सूचक १० दशमलव १,१ अंकले सुधार भएर ११ सय ६१ दशमलव ४,७ विन्दुमा बन्द ।

६९.१ सय ७३ वटा कम्पनीको कारोबार हुँदा १ सय २४ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको मात्रै ओरालो ।

७०.बुधबारको कारोबारमा नेपाल बंगलादेश बैंकको संस्थापक शेयर ६ करोड ४१ लाख रुपैयाँको खरिद बिक्री ।

७१.मोरङको बेलबारी नगरपालिका– ५ रामपुरमा स्कुलको बसले ठक्कर दिँदा २२ महिने शिशुको मृत्यु ।

७२.बसको पछाडिको भागले किच्दा शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरीद्धारा जानकारी ।

७३.कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रमा मायापुर जंगलबाट निस्किएको हात्तिको आक्रमणबाट २ जनाको मृत्यु ।

७४.मृत्यु हुनेमा महाकाली नगरपालिका २ चाँदनीकी ४२ वर्षिय बिस्ना भट्ट र ५० वर्षिय भुरी देवी बोेहरा ।

७५.हात्तीको आक्रमणबाट अन्य चार जना घाइते ।

७६.घाइतेहरुलाई थप उपचारका लागि भारत पठाइएको स्थानीयको भनाइ ।

७७.घटनापछि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय मिलेर जंगलबाट हात्ती धपाउने कार्य भईरहेको प्रहरीद्वारा जानकारी ।

७८.सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ ।

७९.डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जन अख्तियार टोलीद्वारा राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण ।

८०.रनिङ बिल भुक्तानीबापत घुस लिएको खुलेकोले भ्रष्टाचार निवारण ऐनअन्र्तगत कारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारद्वारा जानकारी ।

८१.भोजपुरको दुई वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी ।

८२.रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानी र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रे स्थित वडा कार्यालयमा आगजनी भएको प्रहरीद्वारा जानकारी ।

८३.आगजनीबाट वडा कार्यालयका कागज पत्र, कुर्सी, फर्नीचर, लगायतका सामग्री नष्ट भएको गाउँपालिकाद्वारा जानकारी ।

८४.अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु ।्

८५.घटनामा दुई जना प्रहरी पनि घाइते भएको स्थानीय प्रहरीद्वारा जानकारी ।

८६.शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान प्रत्यक्षदर्शीहरुको भनाइ ।

८७.प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेन ।्

८८.एक सुपरमार्केटमा लुकेर बसेका आक्रमणकारीले गोली हान्न सुरु गरेको स्थानीय संचारमाध्यमद्वारा जानकारी ।

८९.अन्तराष्ट्रिय अदालतमा दर्ता भएको रोहिंगिया मुसलमान नरसंहारको आरोप म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीद्धारा अस्वीकार ।

९०.राष्ट्रसंघको अन्तराष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको गरेकी हुन् खण्डन ।

९१.आफ्नो देशको बचाउ गर्दै अन्तराष्ट्रिय अदालतमा परेको मुद्दा अपूर्ण र गलत भएको सुकीको दाबी ।

९२.सन् २०१७ मा सेनाले गरेको कारबाहीमा हजारौं रोहिंगिया मुसलमान मारिनुका साथै ७ लाखभन्दा बढी भागेका थिए छिमेकी मुलुक बंगलादेश ।

९३.नागरिकता संशोधन विधेयकको विरुद्धमा आन्दोलन चर्किंदै गएपछि भारतका उत्तरपूर्वी त्रिपुरा र आसम राज्यहरुमा सेना परिचालन ।

९४.असमको राजधानीमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी सिन्जो आबेलाई स्वागत गर्ने कार्यक्रम ।

९५.तर बुधबार दुई प्रधानमन्त्रीको तस्बिर अंकित बिलबोर्ड जलाइएको समाचारहरुमा उल्लेख ।

९७.’यहुदी’ धर्ममात्र नभएर राष्ट्रियता पनि हो भनेर व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तयारी ।

९८.ह्वाइट हाउसका अनुसार उक्त आदेशले अमेरिकाका कलेजहरुमा बढिरहेको यहुदी भावनालाई नियन्त्रण गर्ने ट्रम्प प्रशासनको विश्वास ।

९९.आदेशले ट्रम्पलाई इजराइल विरोधी भावनाविरुद्ध लड्नका लागि आगामी कदम चाल्न अनुमति दिने विश्लेषण ।

१००.कलेज क्याम्पसहरुमा यहुदी विद्यार्थीहरुले गर्ने ट्रम्पविरोधी गतिविधिलाई नियन्त्रण गर्न सहज हुने उल्लेख ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…