प्रधानमन्त्रीद्वारा सागका विजेतालाई नगद पुरस्कारको घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेतालाई ९ लाख पुरस्कार घोषणा गर्नु भएको छ ।

बुधबार बालुवाटारमा आयोजित खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक विजेतालाई जनही ९ लाख पुरस्कारको घोषणा गर्नु भएको हो । १ भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार दिइने छ ।

मंगलबार सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो । त्यसैगरी रजत जित्ने खेलाडीलाई जनही ६ लाख प्रदान गरिनेछ । कास्य पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले जनही तीन लाख दिने घोषणा गर्नु भएको थियो पछि फेरि एक लाख थपेर जनही ४ लाख दिने घोषणा गरिएको हो । सरकारले टिम गेमका स्वर्ण विजेतालाई पाँच लाख दिने घोषणा गरेको छ । तर टिम खेलका विजेता लागि सरकारले अन्याय गरेकोमा फुटबलका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने आपत्ति जनाएका छन् । यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सरकारको घोषणाप्रति कसैले असन्तुष्टि जनाउन नहुने बताउनु भयो । सिलवालले केही दिनमै सबैको पुरस्कारको प्याकेजमै घोषणा गरी सार्वजनिक गर्ने पनि जनाउनु भयो ।

मंगलबार समापन भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…