वडातहसम्मै टुंगियो नेकपा अछामको एकता

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकिकरणको कामलाई टुंगोमा पुर्याएको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रिय कमिटीदेखि टोल कमिटीसम्म नेता कार्यकर्तालाई जिम्मेवारी दिँदै एकताको सबै काम टुंग्याएको हो ।

एकतापछि बसेको जिल्ला सचिवालयको पहिलो तथा जिल्ला कमिटीको तेश्रो बैठकले गत २०७५ साल जेष्ठ ३ गते तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) को एकिकरणपछि बनेको एकिकृत पार्टीको नयाँ संरचनालाई पुर्णता दिएको छ ।

पार्टी अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा गत २३ र २४ गते बसेको जिल्ला कमिटी सचिवालय बैठकले कार्यविभाजनसहित वडातहसम्म पार्टी कमिटी गठन गर्ने सर्वसम्मत निर्णयलाई २५ गते बसेको जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको नवगठित प्रचार विभाग प्रमुख तथा जिल्ला सचिवालय सदस्य हिरण्ड भट्टराइले बताउनुभयो ।

जति छिटो केन्द्रले एकिकरणका अधुरा कार्यको टुंगो लगाउँछ त्यहि गति र भावनामा जिल्ला कमिटीले कार्यहरु सम्पादन गर्ने पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । नेकपा अछामले यस अघि मेल्लेख गाउँपालिका वडा नम्बर. ६ र ७ मा गठन गरिएका टोल कमिटीसंगै अब जिल्लाका ९१ वडाहरुका टोल तहसम्म पौष मशान्तसम्म नयाँ कमिटी निर्माण गर्ने निर्णयले कार्यकर्तामा उत्साह पैदा गर्ने जनाएको छ । जिल्लामा क्रियाशील जनसंगठनको एकता प्रकृया भने राष्ट्रिय युवा संघ नेपाल बाहेक अन्यको केन्द्रमा नै अड्किएको छ ।

नेकपा अछामले ७ सदस्यीय जिल्ला कार्यालयको गठन, सह–ईञ्चार्ज/विभाग/फाँट प्रमुखको जिम्मेवारी वाँडफाँड, २० जना जिल्ला कमिटी सदस्यको मनोनयन, सल्लाहकार कमिटीको गठनसंगै सचिवालय सदस्यहरुलाई जिम्मेवारीसमेत तोकेको प्रचार एवं प्रकाशन विभाग प्रमुख हिरण्ड भट्टराईले जानकारी दिनु भयो ।

बैठकले सामाजिक कुरीति र कुसंंस्कारका रुपमा रहेका जातीय विभेद, छाउपडी कुप्रथा, लैंगिक विभेदलाई न्युनिकरण गर्न पार्टी सदस्यले महत्वपुर्ण भुमिका निर्वाह गर्न निर्देशसमेत गरेको छ । यसैगरी बैठकले पार्टी जिल्ला कमिटीको कुनै पनि सदस्यले कुनै पनि योजनामा उपभोक्ता समितिको सदस्य बन्न नपाउने निर्णयसमेत गरेको भट्टराईले जानकारी दिनुभएको छ ।

३ दिनसम्म चलेको बैठकको प्रमुख आतिथ्यता नेकपाका केन्द्रिय सदस्य तथा अछाम ईञ्चार्ज तारामान स्वारले गर्नुभएको थियो भने सञ्चालन जिल्ला कमिटी सचिव झपट साउँदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…